site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसी भन्छन्– पेनाल्टीमा चुक्दा रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । 

पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने समीकरण कठिन बनेको थियो । तर, दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २–० को नतिजामा हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को अन्तिम–१६मा स्थान पक्का गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“पेनाल्टीमा चुक्दा रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो । हामीलाई थाहा थियो कि एक गोल भएपछि खेल परिवर्तन हुनेछ,’’ मेसीले खेलपछि भने, “अघिल्लो खेलको नतिजाले हामीलाई धेरै मानसिक शान्ति दियो । हामी जित्नुपर्छ भन्ने सोचेर मैदानमा निस्कियौँ ।’’

अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यसअघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए । 

Global Ime bank

पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । 

अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अष्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको थियो । फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको थियो । 

“अष्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ । जो कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ,’’ मेसीले थपे, “हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले आज जे गर्यौं त्यसलाई निरन्तरता दिन सक्नेछौं ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC