site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिनाको टिममा ४ खेलाडी परिवर्तन, मार्टिनेज बेन्चमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले बुधबार राति समूह चरणको अन्तिम खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ । 

अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले लाउटारो मार्टिनेजलाई बेन्चमा राखेका छन् भने मेक्सिकोविरुद्ध गोल गरेका इन्जो फर्नान्डेजलाई पहिलो रोजाइमा राखेका छन् । 

मेक्सिकोविरुद्ध खेलेको टिमका इमिलियानो मार्टिनेज, निकोलस ओटामेन्डी, रोड्रिगो डी पाउल, मार्कोस अकुना, एलेक्सिस म्याक एलिस्टर, एन्जेल डी मारिया र लियोन मेसीले मात्र निरन्तरता पाएका छन् । मार्टिनेज, लिसान्द्रो मार्टिनेज, गोन्जालो मोन्टियल र गुइडो रोड्रिग्वेजको स्थानमा नाहेल मोलिना, क्रिष्टियन रोमेरो, फर्नान्डेज र युलियन अल्भारेजले पहिलो रोजाइमा स्थान बनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पोल्यान्डले भने एक खेलाडी परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेको टिमका अर्काडिउज मिलिकको स्थानमा कारोल स्विडेरस्कीलाई मौका दिइएको छ । 

समूह ‘सी’मा पोल्यान्ड ४ अंकका साथ शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेका अर्जेन्टिना र साउदी अरब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । एक अंक जोडेको मेक्सिको पुछारमा छ । मेक्सिकोले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । 

Global Ime bank

अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समूह ‘सी’ को समीकरण ?

पोल्यान्ड जित वा बराबरको नतिजाले पनि अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, पोल्यान्ड हार्दा साउदी अरेबियाले जित निकाले रोबर्ट लेवान्डोवस्कीको टिम समूह चरणबाटै बाहिरिनेछ । 

यदि पोल्यान्ड पराजित भए अर्को खेलमा साउदी अरेबियाले मेक्सिकोसँग बराबर खेले यी दुई टिममध्ये गोलअन्तर उच्च हुने टिम नकआउटमा पुग्नेछ । पोल्यान्ड पराजित हुँदा साउदी अरेबियाले मेक्सिकोसँग हार बेहोरे पोल्यान्ड र मेक्सिकोबाट राम्रो गोलअन्तर हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

विश्वकपको नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई भने जितको दबाब छ । तर, अर्को खेलमा मेक्सिको र साउदी अरेबियाले बराबर खेले अर्जेन्टिनालाई बराबरीको नतिजा नै नकआउट चरणका लागि पर्याप्त बन्नेछ । यद्यपि, अर्जेन्टिना बराबरीमा रोकिँदा साउदी अरेबियाले मेक्सिकोलाई पराजित गरे लियोनल मेसीको टिम समूह चरणबाटै घर फर्किनेछ ।

यदि मेक्सिकोले साउदी अरेबियालाई पराजित गरे अर्जेन्टिना बराबरीमै रोकिए पनि यी दुई टिमबीच राम्रो गोलअन्तर रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।

मेक्सिकोविरुद्ध जित निकाले साउदी सोझै नकआउट चरणमा पुग्नेछ । अर्को खेलमा पोल्यान्डले अर्जेन्टिनालाई पराजित गरे साउदीलाई नकआउट चरणका लागि बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । तर, साउदी हार्दा अर्जेन्टिना र पोल्यान्डले बराबरी खेले साउदी विश्वकपबाट बाहिरिनेछ ।

यदि अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे साउदी मेक्सिकोसँग बराबरीमा रोकिए पनि पोल्यान्ड र साउदीबीच गोलअन्तर राम्रो हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने साउदीको विश्वकप यात्रा समूह चरणमा नै सीमित बन्नेछ ।

यता, यो समूहमा सबैभन्दा झिनो सम्भावना बोकेको मेक्सिकोलाई जित्नैपर्ने दबाब छ । पोल्यान्डसँग अर्जेन्टिना पराजित हुँदा साउदीविरुद्ध जितसहित मेक्सिको अन्तिम–१६ मा प्रवेश गर्नेछ । मेक्सिकोले जित निकाले पनि पोल्यान्ड र अर्जेन्टिनाले बराबरी खेले मेक्सिको र अर्जेन्टिनामा गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ ।

मेक्सिकोले साउदीलाई हराउँदा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे मेक्सिको र पोल्यान्डबीच उच्च  गोलअन्तर हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । तर, मेक्सिकोले साउदी अरेबियासँग हार बेहोरे समूह चरणबाटै घर फर्किनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ००:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC