site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नेटोलाई 'आपराधिक निकाय'को संज्ञा दिँदै रुसका पूर्वराष्ट्रपतिले दिए चेतावनी 
Sarbottam CementSarbottam Cement

मस्को । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेपछि कडा आलोचना गरेका छन् । उनले 'उग्रवादी शासक'लाई हातहतियार उपलब्ध गराउन खोज्ने नेटोलाई 'आपराधिक निकाय'को संज्ञा दिँदै भत्सर्ना गरेका छन् । 

सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका र कुनै समय आफूलाई उदारवादी तथा आधुनिकवादी राष्ट्रपति बताउने गरेका मेदभेदेभ अहिले युक्रेनमाथिको रुसी आक्रमणको कट्टर समर्थन गर्नेहरूमध्येका एक हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो सामाजिक सञ्जालमार्फत पश्चिम जगतको घोर विरोध गर्दै आएका छन् ।

उनले अब नेटोले उपलब्ध गराएका जनशक्ति र हतियार रुसको तारो बन्ने चेतावनीसमेत दिएका छन् ।

Global Ime bank

आफ्नो टेलिग्राम मेसेजिङ एपमा उनले लेखेका छन्, "नेटोका महासचिव जनरल स्टोल्टनबर्गको अतिवादी युक्रेनीहरूलाई नेटो जनशक्तिलगायत प्याट्रियट प्रणाली उपलब्ध गराउने संकेतले चाँडै नै तिनीहरू हाम्रा सशस्त्र फौजको वैधानिक तारो बन्नेछन् ।"

तर सन्देशमा रुसी फौजको तारो प्याट्रियट प्रणाली, युक्रेनी फौज वा नेटो सेना तारो बन्नेछन् भन्ने स्पष्ट किटान गरिएको छैन । 

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ००:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC