site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अलजाइमरविरुद्धको पहिलो औषधि बन्यो, कति प्रभावकारी ?
Ghorahi CementGhorahi Cement

लन्डन । मस्तिष्कका कोषहरूलाई क्षति पुर्‍याउने रोग 'अलजाइमर'विरुद्ध बनेको पहिलो महत्त्वपूर्ण औषधिको विश्वभरबाट स्वागत गरिएको छ । दशकौँ लामो अनुसन्धान पछि 'लेकानेमाब' नामक औषधि तयार गरिएको हो ।

तर, अझै अलजाइमर रोगीमाथि यसको असर थोरै मात्र परेको बताइएको छ । साथै लेकानेमाबको मानिसहरूका दैनिक जीवनमाथिको प्रभाव अझै बहसकै विषय बनेको छ । यस औषधिले यस रोगको प्रारम्भिक चरणमा मात्र काम गर्ने भएकाले अधिकांशले यसको आविष्कारलाई चिकित्सा क्षेत्रको ठुलो क्रान्तिकै रूपमा लिन सकेका छैनन् । 

Agni Group

लेकानेमाबले अलजाइमर रोगीका मस्तिष्कमा बन्ने अत्यन्तै च्याप च्याप लाग्ने 'एमिलोइड' नामक तरल पदार्थलाई आक्रमण गर्ने गर्दछ । 'अलजाइमर रिसर्च युके'ले यो औषधि पत्ता लाग्नु महत्त्वपूर्ण भएको जनाएको छ ।

तिस वर्ष अघि नै एमिलोइडमाथि लक्षित अध्ययनमा लागिपरेका विश्वका प्रभावशाली अनुसन्धानकर्ताहरूमध्ये एक प्राध्यापक जोह्न हार्डीले भनेका छन्, "यो आविष्कार ऐतिहासिक र आशाजनक छ । हामी अलजाइमरको थेरापीको सुरुवातलाई हेरिरहेका छौँ ।"

Global Ime bank

त्यसैगरी युनिभर्सिटी अफ एडिनबर्गका प्राध्यापक तारा स्पाइरेस जोनेसले लामो समयदेखि शत प्रतिशत दरमा असफलता भोग्दै आउने क्रममा यो परिणामलाई ठूलै उपलब्धि मान्न सकिने बताउँछन् ।

हाल अलजाइमरका बिरामीहरूलाई त्यसका लक्षण न्यूनीकरणका लागि अन्य औषधिहरू दिइने गरेको छ । तर कुनै पनि औषधिले रोगको पथलाई परिवर्तन गर्न सकेको छैन । 

लेकानेमाब मानव शरीरले विभिन्न भाइरस वा ब्याक्टेरियाविरुद्ध लड्ने प्रतिरोध क्षमताले जस्तै काम गर्दछ । यसलाई मस्तिष्कबाट एमिलोइड हटाउन मानव शरीरको प्रतिरोध प्रणालीलाई निर्देशन दिने किसिमले बनाइएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC