site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यान्सरबाट पीडित पेले अस्पताल भर्ना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान्सर पीडित ब्राजिलका 'महान' फुटबलर पेले बुधबार अस्पतालमा भर्ना भएका छन् । पेलेकी छोरीले बुधबार सामाजिक सञ्जालमा बुबालाई अस्पताल भर्ना गरिएको जानकारी दिँदै ‘कुनै आपतकालीन’ अवस्था नहरेको बताएकी छन् । 

ईएसपीएन ब्राजिलले पेलेलाई अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य समस्या पत्ता लगाउन थप परीक्षण गराइएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो बुबाको स्वास्थ्यको बारेमा आज मिडियामा धेरै चिन्ता व्यक्त भएको छ । उहाँ नियमित परीक्षणका लागि अस्पतालमा हुनुहुन्छ," पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन्, “त्यहाँ कुनै आपतकालीन वा नयाँ भयानक अवस्था छैन । म नयाँ वर्षको लागि त्यहाँ हुनेछु र केही तस्बिरहरू पोस्ट गर्ने वाचा गर्दछु ।’’

८२ वर्षे पेलेको सेप्टेम्बर २०२१ मा पेटबाट ट्युमर हटाइएको थियो । त्यसपछि उनी नियमित रूपमा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् । ईएसपीएन ब्राजिलले पेलेलाई हृदयाघात भएको र उनको केमोथेरापी उपचारले अपेक्षित नतिजा नआएकोमा उनको मेडिकल स्टाफले चिन्ता देखाएको जनाएको छ । 

Global Ime bank

पेलेका प्रबन्धक र अल्बर्ट आइन्स्टाइन अस्पतालले भने तत्काल प्रतिक्रियाका लागि अस्वीकार गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC