site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै विश्वकपको अन्तिम–१६ मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता फ्रान्स र अस्ट्रेलियाले बुधबार कतार विश्वकप २०२२ को अन्तिम–१६ मा स्थान बनाएका छन् । 

समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि पनि फ्रान्सले समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान पक्का गरेको हो । अस्ट्रेलिया भने डेनमार्कमाथि १–० को विजय हासिल गर्दै उपविजेताको हैसियतमा अघिल्लो चरणमा स्थान बनाउन सफल भएको हो । 

लिग चरणमा एक खेल बाँकी हुँदै अन्तिम–१६ मा स्थान पक्का गरेको फ्रान्सले बुधबार ट्युनिसियाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक डिडियर डेसच्याम्पले समूह चरणमा अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा खेलेको टिमका दुई खेलाडीमात्र ट्युनिसियाविरुद्ध निरन्तरता दिएका थिए । निरन्तरता पाउनेमा इब्राहिमा कोनाटे र औरेलिन चाउमेनी मात्र थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्ट्रेलियाविरुद्ध खेलेको गोलकिपर ह्युगो लोरिस, बेन्जामिन पाभार्ड, डायोट उपामेकानो, लुकास हर्नान्डेज, एड्रियन राबियट, औसमाने डेम्बेले, एन्टोइन ग्रिजमन, काइलियन एमबाप्पे र ओलिभर जिरौडले आरम पाएका थिए । 

उनीहरूको स्थानमा स्टेभ मनमन्डा, इडुवार्डो कामाभिङ्गा, राफायल भरान, एक्सेल दिसासी, युसुफ फोफाना, किङ्सले कोम्यान, जोर्डन भेरेटौट, माट्टेयो गुइनडोजी र रन्डल कोलो मुएनीलाई टिममा राखिएको थियो । 

Global Ime bank

Aus1669828670.jpg

ट्युनिसियाका रक्षक नादेर घान्द्रीले गरेको गोल गरेका थिए । तर, उनको गोल अफसाइड घोषित भएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको ट्युनिसियाले ५८ औँ मिनेटमा वाहबी खाज्रीको गोलबाट अग्रता लिएको थियो । खाज्रीको त्यही गोल ट्युनिसियाको जितमा निर्णायक बन्यो ।

इन्जुरी समयमा फ्रान्सका बैकल्पिक खेलाडी ग्रिजमनले गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो । फ्रान्स विश्वकपमा २०१४ पछि पराजित भएको यो पहिलोपटक हो । फ्रान्स २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसपछि फ्रान्स विश्वकपमा हारेको थिएन । 

जितका बाबजुद ट्युनिसिया अन्तिम–१६ मा स्थान बनाउन असफल रह्यो । ट्युनिसियाको चार अंकमात्र छ । डेनमार्कमाथि १–० को विजय हालिस गरेपछि तीन खेलबाट ६ अंक बटुलेको अस्ट्रेलिया अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । 

६ पटक विश्वकप खेलेको अस्ट्रेलियाले अन्तिम–१६ मा स्थान बनाएको यो दोस्रो पटक हो । अस्ट्रेलियाले यसअघि २००६ मा मात्र विश्वकपको अन्तिम–१६ स्थान बनाएको थियो । ६ पटक नै विश्वकप खेलेको डेनमार्क समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक हो । यसअघि डेनमार्क २०१० मा पनि समूह चरणबाटै बाहिरिएको थियो । 

समूह ‘डी’को पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले पराजित गरेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कमाथि २–१ को विजय हासिल गरेको थियो । फ्रान्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक जोडेको अस्ट्रेलिया गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रह्यो । ट्युनिसियाले ४ अंक जोडेको थियो भने डेनमार्कले १ अंकमात्र जोड्न सक्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC