site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युनेस्कोको सम्पदा सूचीमा पर्‍यो फ्रेन्च रोटी ‘बागेट्टो’  
Sarbottam CementSarbottam Cement

पेरिस । फ्रान्समा ऐतिहासिक फ्रेन्च रोटी ‘बागेट्टो’भन्दा अन्य केही ठेट फ्रेन्च चिजबिज पनि हुन सक्छन् । यसका बीच फ्रान्समा प्रत्येक दिन करिब १ करोड ६० लाखवटा बागेट्टो तयार हुन्छन् ।

केही वर्षयता ठूला ठूला सुपरमार्केट र नयाँ स्वादिलो रोटी ‘साउडो’सँग परम्परागत बेकरीले संघर्ष गर्नु परेकाले बागेट्टोको लोकप्रियता र प्रयोग घट्दो क्रममा रहेको पनि चर्चा हुने गरेको छ । तर, खुसीको कुरा हालै मात्र युनेस्कोले फ्रान्सको यस परम्परागत रोटीलाई ‘अमूर्त साँस्कृतिक सम्पदा सूची’भित्र राखेको छ ।
 
युनेस्कोले अन्य ६०० वा विभिन्न वस्तुको सूचीमा बागेट्टो रोटीको कला संस्कृति पनि थपिएको जनाएको छ । सूचीमा पर्ने अन्य कुरामा चीनको परम्परागत चिया बनाउने कला र ‘ताल्चम’ नामक कोरियाली मुखुन्डो नाच रहेका बीबीसीले लेखेको छ ।
 
युनेस्कोका अध्यक्ष अड्रे एसोलेले भनेका छन्, “यस समावेशीकरणले फ्रेन्च जीवनशैलीलाई उत्सवको दर्जा दिएको छ । यो रोटी दैनिक खानाको प्रतिनिधित्व हो । यसलाई बनाउने सिप र यसको समाजिक प्रयोग भविष्यपर्यन्त बाँचिरहनु पर्दछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सेनालाई साथमा बोकेर हिँड्न सजिलो हुने भएकाले नेपोलियनले यस्तो रोटी बनाउन आदेश दिएको फ्रान्समा किंवदन्ती रहेको छ । टुक्रा गर्न र बाँडेर खान छुराको आवश्यक नपर्ने भएकाले पेरिसमा कामदारहरु माझ यो रोटी निकै लोकप्रिय छ ।

केही व्यक्तिले भने बागेट्टोको आकारका लागि सन् १८३० को दशकका एकजना अष्ट्रियन बेकरलाई श्रेय दिने गरेका छन् ।
 
एकसय वर्षभन्दा पहिले अर्थात सन् १९२० मा यस रोटीलाई औपचारिक नाम बागेट्टो दिइएको हो । यसलाई गहुँको पिठो, पानी, नुन र यिस्ट मिसाएर बनाइने गरिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC