site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोस्ट डेंगी र पोस्ट कोभिडका लक्षणमा समानता, कसरी पार्ने निको ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । शान्तिनगरकी ३१ वर्षीया सोनु शर्मालाई डेढ महिनाअघि डेंगी संक्रमण भएको थियो । झन्डै एक सातादेखि थलिएकी उनलाई अहिले  खुट्टा खाइने, कम्मरभन्दा तलको भाग दुख्ने, थकान महसुस हुनेजस्ता समस्या देखिन थालेका छन् । डेंगी हुनअघि दैनिक हिँडेरै अफिस आउने जाने गरेकी सोनुलाई अहिले मर्निङ वाक गर्नसमेत सकस परिरहेको छ । 

बुद्धनगरका २९ वर्षीय प्रवेश मगरलाई चिसो बढ्दै जाँदा चिन्ता पनि थपिँदै गएको छ । थोरै चिसोले पनि उनलाई छाती दुख्ने र शरीर तातो भएर आउने समस्या बढिहाल्छ ।

"पहिले मलाई अलिअलि चिसोले असर गर्दैनथ्यो, सजिलै ज्वरो आउँदैनथ्यो । कोरोनाको दोस्रो लहरमा १० दिन थलिएँ । फेरि अस्ति डेंगीले एक हप्ता थलायो । अब त मलाई शरीरमा केही मिलेन कि एकदम कमजोर महसुस हुन्छ," प्रवेशले भने । 

Agni Group

सोनु र प्रवेशजस्तै डेंगी संक्रमणपछिका समस्याहरू (पोस्ट डेंगी) लिएर आउने बिरामीको संख्या अस्पतालहरूमा बढ्दो क्रममा छ ।

क्षेत्रपाटी सामुदायिक अस्पतालका मेडिकल अफिसर डा. रोशन कार्की डेंगीको उपचार भई डिस्चार्ज भएका बिरामीलाई पोस्ट डेंगीको रूपमा सेरोसाइटिस देखिएपछि आईसीयूमा भर्ना गरेर उपचार गर्नुपरिरहेको बताउँछन् । डेंगीको कडा संक्रमणपछि शरीरका भित्री अंगहरूमा असर भएर गम्भीर बिरामी भएका केसहरू यसपटक धेरै देखिएको विज्ञहरूको अनुभव छ । 

Global Ime bank

पोस्ट कोभिडसँग मिल्दाजुल्दा लक्षण 
डेंगी संक्रमणपछि विभिन्न समस्या लिएर आउने बिरामीहरूमा पोस्ट कोभिडसँग मिल्दाजुल्दा लक्षणहरू देखिएको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । मुटुको धड्कन बढेजस्तो हुने, थकान महसुस हुने, रक्तचाप गडबढ भएजस्तो हुने, कसैलाई धेरै निन्द्रा लाग्ने कोही सुत्नै नसक्ने, हातखुट्टा झमझमाउने, तात्नेजस्ता समस्या लिएर आउने बिरामी प्रशस्तै भएको उनी बताउँछन् ।

"अधिकांश लक्षणहरू पोस्ट काभिडसँग मिल्दाजुल्दा भएको देखियो । तर पोस्ट डेंगीको समस्या भने नेपालले मात्रै होइन विश्वले ध्यान नदिएको विषय रहेछ," डा. पुनले भने, "नेपालमा यसपटक अहिलेसम्मकै बढी जनसंख्यामा र कडा डेंगी देखिएकाले पोस्ट डेंगीको समस्या पनि बढेको पाइयो ।"

यस्ता समस्याहरू डेंगी निको भएको एकदेखि दुई महिनापछि देखिने गरेको र अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पोस्ट डेंगी दुई वर्षसम्म पनि रहेको देखाएको डा. पुनको भनाइ छ । तर ती समस्याहरू दीर्घकालीन रूपमा भने नरहने अध्ययनहरूले देखाएको उनको दाबी छ । 

कसरी निको पार्ने ? 
अन्तर्राष्ट्रिय अध्ययनहरूले पोस्ट डेंगीका समस्या खानपान, व्यायाम, आरामले पनि ठिक हुँदै जाने देखाएका छन् । प्रशस्त झोलिलो पदार्थहरू खाने तर मद्यपान नगर्ने, भिटामिन सी पाइने खानेकुराहरू बढी खाने, मल्टिभिटामिनहरू खाने, सकेसम्म प्राकृतिक रूपमै पाइने भिटामिनहरूको प्रयोग बढाउनेजस्ता उपायहरू अपनाउन सकिने विज्ञहरू बताउँछन् ।  

त्यस्तै, डेंगीका बिरामीलाई यसैपनि बढीभन्दा बढी आरामको आवश्यकता पर्ने हुन्दा पोस्ट डेंगीको अर्को मुख्य उपचार आराम पनि भएको उनीहरू बताउँछन् । तर, निश्चित अंगमा असर परेको पाइएमा सम्बन्धित विशेषज्ञलाई नै सल्लाह लिने र उपचार गराउनुपर्ने डा. पुनको सुझाव छ ।

नेपालमा यस वर्ष हालसम्म ५२ हजार ५५७ जनामा डेंगी संक्रमण भएको र संक्रमणका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC