site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलिया र डेनमार्कबीच पहिलो हाफमा गोलरहित बराबरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि संघर्ष गरिरहेका डेनमार्क र अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । 

अस्ट्रेलियाले अघिल्लो खेलको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । फ्रान कारासिकको स्थानमा मिलोस डेगेनेकलाई टिममा समावेश गरेको थियो । डेनमार्कले भने अघिल्लो खेलको तुलनामा तीन खेलाडी परिवर्तन गरेको छ । मार्टिन ब्रेथह्वाइट, आन्द्रेस स्कोभ ओल्सेन र म्याथिस जेनसेनले टिममा स्थान बनाएका छन् । फ्रान्सविरुद्ध खेलेका मिकेल ड्याम्सगार्ड, आन्द्रेस कोर्नेलियस र जेस्पर लाइनस्ट्रोम बेन्चमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो भने फ्रान्ससँग २–१ ले पराजित भएको थियो । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको थियो भने ट्युनिसियालाई १–० ले पराजित गरेको छ । 

अन्तिम–१६ मा पुग्न कस्तो छ समीकरण ?

Global Ime bank

सहज अवस्थामा रहेको फ्रान्सले आज ट्युनिसियालाई हराए समूह विजेता बन्नेछ । फ्रान्सले ट्युनिसियासँग हार बेहोर्दा अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरे फ्रान्स र अस्ट्रेलियाको बराबर अंक हुनेछ । यस्तोमा गोलअन्तरका आधारमा समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यता, कठिन अवस्थामा रहेको ट्युनिसियालाई भने आज अन्तिम–१६ को झिनो सम्भावना कायम राख्न फ्रान्सविरुद्ध जित्नैपर्ने दबाब छ । यता फ्रान्सलाई हराउँदा अर्को खेलमा डेनमार्कले अस्ट्रेलियालाई हराए मात्र ट्युनिसिया गोलअन्तरको आधारमा डेनमार्कलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गर्न सक्छ । यसका लागि ट्युनिसियालाई डेनमार्कको भन्दा राम्रो गोलअन्तर आवश्यक हुन्छ ।

यदि फ्रान्सले ट्युनिसियालाई पराजित गरे अस्ट्रेलियालाई बराबरीको नतिजा पनि अन्तिम–१६ का लागि पर्याप्त बन्नेछ । यदि डेनमार्कसँग अस्ट्रेलिया बराबरीमा रोकिँदा ट्युनिसियाले फ्रान्सलाई पराजित गरे अस्ट्रेलिया र डेनमार्कबीच गोलअन्तर राम्रो हुने टिमले अन्तिम–१६ मा स्थान बनाउनेछ । तर, आज हार बेहोरे अस्ट्रेलिया समूह चरणबाटै घर फर्किनेछ ।

डेनमार्कलाई जित्नैपर्ने दबाब छ । अर्को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरे डेनमार्कले अस्ट्रेलियालाई हराउँदा सोझै अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । डेनमार्कले अस्ट्रेलियालाई हराए पनि यदि फ्रान्स ट्युनिसियासँग पराजित भए डेनमार्क र ट्युनिसियाबीच गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC