site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफमा ट्युनिसियासँग बराबरीमै रोकियो साविक विजेता फ्रान्स
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिग चरणमा एक खेल बाँकी हुदै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको फ्रान्सले बुधबार ट्युनिसियाविरुद्ध पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । 

ट्युनिसियाका रक्षक नादेर घान्द्रीले गरेको गोल गरेका थिए । तर, उनको गोल अफसाइड घोषित भएको थियो । त्यसपछि दुवै टिमले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । 

प्रशिक्षक डिडियर डेसच्याम्पले ट्युनिसियाविरुद्ध अघिल्लो खेलको टिममा रहेका नौ खेलाडी परिवर्तन गरेका छन् । समूह चरणमा अष्ट्रेलियाविरुद्धको दोस्रो खेलमा खेलेको टिमका दुई खेलाडीमात्र ट्युनिसियाविरुद्ध निरन्तरता दिएका छन् । निरन्तरता पाउनेमा इब्राहिमा कोनाटे र औरेलिन चाउमेनी मात्र छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रेलियाविरुद्ध खेलेका गोलकिपर ह्युगो लोरिस, बेन्जामिन पाभार्ड, डायोट उपामेकानो, लुकास हर्नान्डेज, एड्रियन राबियट, औसमाने डेम्बेले, एन्टोइन ग्रिजमन, काइलियन एमबाप्पे र ओलिभर जिरौडले आराम पाएका छन् । 

उनीहरूको स्थानमा स्टेभ मनमन्डा, इडुवार्डो कामाभिङ्गा, राफायल भरान, एक्सेल दिसासी, युसुफ फोफाना, किङ्सले कोम्यान, जोर्डन भेरेटौट, माट्टेयो गुइनडोजी र रन्डल कोलो मुएनीलाई टिममा राखिएको छ । 

Global Ime bank

समूह ‘डी’को पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गरेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कमाथि २–१ को विजय हासिल गरेको थियो । यस समूहमा दुई खेल सकिँदा फ्रान्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया ३ अंकका साथ दोस्रो स्थानमा छ । समान एक एक अंक जोडेका डेनमार्क र ट्युनिसिया क्रमशः तेस्रो र चौथो स्थानमा छ । 

कस्तो छ समीकरण ?

सहज अवस्थामा रहेको फ्रान्सले आज ट्युनिसियालाई हराए समूह विजेता बन्नेछ । फ्रान्सले ट्युनिसियासँग हार बेहोर्दा अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरे फ्रान्स र अस्ट्रेलियाको बराबर अंक हुनेछ । यस्तोमा गोलअन्तरका आधारमा समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यता, कठिन अवस्थामा रहेको ट्युनिसियालाई भने आज अन्तिम १६ को झिनो सम्भावना कायम राख्न फ्रान्सविरुद्ध जित्नैपर्ने दबाब छ । यता फ्रान्सलाई हराउँदा अर्को खेलमा डेनमार्कले अस्ट्रेलियालाई हराए मात्र ट्युनिसिया गोलअन्तरको आधारमा डेनमार्कलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गर्न सक्छ । यसका लागि ट्युनिसियालाई डेनमार्कको भन्दा राम्रो गोलअन्तर आवश्यक हुन्छ ।

यदि फ्रान्सले ट्युनिसियालाई पराजित गरे अस्ट्रेलियालाई बराबरीको नतिजा पनि अन्तिम–१६ का लागि पर्याप्त बन्नेछ । यदि डेनमार्कसँग अस्ट्रेलिया बराबरीमा रोकिँदा ट्युनिसियाले फ्रान्सलाई पराजित गरे अस्ट्रेलिया र डेनमार्कबीच गोलअन्तर राम्रो हुने टिमले अन्तिम–१६ मा स्थान बनाउनेछ । तर, आज हार बेहोरे अस्ट्रेलिया समूह चरणबाटै घर फर्किनेछ ।

डेनमार्कलाई जित्नैपर्ने दबाब छ । अर्को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरे डेनमार्कले अस्ट्रेलियालाई हराउँदा सोझै अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । डेनमार्कले अस्ट्रेलियालाई हराए पनि यदि फ्रान्स ट्युनिसियासँग पराजित भए डेनमार्क र ट्युनिसियाबीच गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC