site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार महिनामा ८ अर्बको सुन आयात, सरकारले पायो ९४ करोड राजस्व
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा करिब आठ अर्ब रुपैयाँको एक हजार ११६ किलोग्राम सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेका चालु आर्थिक वर्षको पहिलो चौमासिक विवरणअनुसार तीन देशबाट सात अर्ब ९५ करोड १८ लाख ७२ हजार रुपैयाँको सुन आयात भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार नेपालमा स्विटजरल्यान्ड, टर्की र संयुक्त अरब इमिरेट्स गरी तीन देशबाट नेपालमा सुन आयात भएको छ ।

यसमध्ये स्विट्जरल्यान्डमा १०० किलोग्राम सुन आयात भएको छ । यस्तै, टर्कीबाट १५० किलोग्राम र संयुक्त अरब इमिरेट्सबाट ८६६.५४ किलोग्राम सुन आयात भएको  विभागले जनाएको छ ।

Global Ime bank

सरकारले पहिलो चौमासिकमा सुन आयातबाट ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले साउनदेखि कात्तिकसम्म कुल ९४ करोड ९० लाख ६६ हजारको राजस्व संकलन गरेकाे विभागले जनाएको छ ।

नेपालमा अहिले सुन आयातको लागि वाणिज्य बैंकहरूलाई मात्र अनुमति दिएको छ । जसअनुसार वाणिज्य बैंकहरूले पालैपालो सुन आयात गर्छन् । वाणिज्य बैंकले सुनचाँदी व्यवसायीलाई कोटा अनुसार  बिक्री गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC