खेल
काठमाडौं । बेलायतकी टेनिस खेलाडी इमा राडुकानु मंगलबार अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई)को सदस्य बनेकी छन् । राडुकानुले ग्राण्डस्लाम यूएस ओपनको उपाधि जितेको १४ महिनापछि बेलायतको प्रतिष्ठित अवार्ड जित्न सफल भएकी हुन् ।
१८ वर्षिया राडुकानुले गत वर्ष लेलाह फर्नान्डेजलाई यूएस ओपनको उपाधि जितेकी थिइन् । उनले कुनै सेट नहारेर १० खेल जित्दै उपाधि जितेकी थिइन् । त्यससँगै राडुकानुको उचाइ बढेको थियो ।
“राजाबाट यो सम्मान ग्रहण गर्न पाउँदा गर्व लागेको छ । म धेरै कृतज्ञ छु,” राडुकानुले बेलायतका राजा चार्लसबाट अवार्ड ग्रहण गरेपछि भनेकी छिन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्