site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजग हुन आग्रह गरेको छ । शाखारहित बैंकिङ सेवामार्फत प्रवाह भएको सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई सजग भएर कारोबार गर्न सुझाएको हो ।

बैंक तथा वित्तीय संस्थाका आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत तोकिएको सेवा केन्द्रमा गएर कारोबार गर्नुपर्ने भन्दै सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न आग्रह गरिएको छ । शाखारहित सेवामार्फत कारोबार गर्दा बैंक खातामा आफूले जम्मा गरेको र निकालिएको रकमको विवरण सही भए/नभएको पनि यकिन गर्न भनिएको छ ।

कसैलाई विश्वास गरेर यस्ता सेवा केन्द्रमा रकम जम्मा गर्न दिएमा त्यो रकम जम्मा भए/नभएको पनि जानकारी अनिवार्य रूपमा लिन सेवाग्राहीलाई आग्रह गरिएको छ । बैंकमा कारोबार गरेपछि सेवाग्राहीले अनिवार्य रूपमा विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रूपमा आफूले कारोबार गरेको रकम ठीक भए/नभएको यकिन गर्न पनि भनिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC