site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शताब्दी पुरुषप्रति श्रद्धा सुमन अर्पण
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको ४५ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजन गर्दै श्रद्धा सुमन अर्पण गरिएको छ ।

मंगलबार लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माले जोशीसँगका केही स्मृति सुनाए । उनले काठमाडौं विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरेको स्मरण गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

शर्माले भने, "एउटा कार्यक्रममा सत्यमोहनजीले भृकुटी र अरनिकोका बारेमा दुई घण्टासम्म धाराप्रवाह बोल्नुभयो । उक्त कार्यक्रममा उपस्थित सबै मन्त्रमुग्ध थिए ।"

शताब्दी पुरुष सत्यमोहनका पुत्र अणुराज जोशीले कार्यक्रममा बोल्दै आफ्ना पिताजीका बारेमा बताउँदै आफूले उनका कतिपय कृति अंग्रेजी भाषामा अनुवाद गरेको बताए । उनले पछिल्ला वर्षहरूमा आफ्ना पिताजीले नेपाली साहित्यकारले नोबेल पुरस्कार प्राप्त गरेको हेर्ने चाहना राखेको बताउँदै आएको उल्लेख गरे । 

Global Ime bank

जोशीले भी.एस. नैपालको नाम उल्लेख गर्दै भने, "तर नेपाली मूलका एक व्यक्तिले नोबेल पुरस्कार पाएको र उनले नोबेल स्पीचमा आफू नेपाली मूलको भएको उल्लेख गरेका थिए । अध्ययन अनुसन्धान गर्नेहरूले यस विषयमा बृहत्त खोजी गर्नुपर्ने देखिएको छ ।"

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको सहकार्यमा नेपाली शिक्षा परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा रमा शर्मा, सुरेशराज चालिसे, किरण थापा, शंकर पाण्डे, प्रह्लाद पोखरेललगायतले बोले ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC