site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह विजेता बन्दै नेदरल्यान्ड्स प्री–क्वार्टरफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । समूह चरणको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘ए’को विजेताको रूपमा फिफा विश्वकपको प्री–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार कतारको अल बायत रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गक्पो र फ्रायङ्की डी योङले गोल गरे । २६ औँ मिनेटमा गक्पोको गोलबाट अग्रता बनाएको नेदरल्यान्ड्सका फ्रायङ्की डी योङले ४९ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै तीन खेलबाट सात अंक जोडेको नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै अन्तिम–१६ को यात्रा तय गर्‍यो । यस्तै, आजै भएको अर्को खेलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल यो समूहको उपविजेताको रूपमा प्री–क्वार्टरफाइनल प्रवेश गर्‍यो । सेनेगलले तीन खेलबाट ६ अंक जोड्यो । 

समान खेलबाट चार अंक जोडेको इक्वेडर र अंकविहीन कतार भने प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए । आयोजक कतारले समूह चरणका कुनै पनि खेलमा जित निकाल्न सकेन ।

Global Ime bank

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गर्दा दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC