site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केन्यामा कन्डमको व्यापक अभाव भएपछि...
Sarbottam CementSarbottam Cement

नैरोबी । केन्यामा कन्डमको अभाव भएपछि नागरिक समाज समूहहरूले गुनासो गरेका छन् । केन्यामा कन्डम विदेशबाट आयात गरेर वितरण गरिन्छ । तर, अहिले आयात कर बढाइएपछि आपूर्तिकर्ताहरूले  केन्यामा नि:शुल्क कन्डम वितरण कार्य रोकेका छन् । 

कन्डमले नयाँ एचआईभी संक्रमण रोक्न महत्त्वपूर्ण भूमिका निभाउने भएकाले सामाजिक कार्यकर्ताहरूले सरकारलाई कन्डममाथि लगाइने कर यथाशीघ्र घटाउन आग्रह गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्यामा वार्षिक करिब ४५ करोड ५० लाख कन्डमको माग हुन्छ । तर, सरकारले १५ करोडको सङ्ख्यामा मात्रै कन्डम उपलब्ध गराउन सकिरहेको छ । एचआईभीलगायत अन्य यौनजन्य रोगहरूको रोकथामका लागि कन्डम निकै उपयोगी साधन हो ।

तीनवटा कन्डम रहेको एक प्याकेटको केन्याको बजारमा अहिले करिब एक अमेरिकी डलर पर्छ । केन्यामा बर्सेनि करिब ३४ हजार नयाँ एचआईभी संक्रमित थपिने गरेका छन् । तर, सन् २०२० यता विशेषगरी देहव्यापारीहरूमा एचआईभी अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । 

Global Ime bank

हिन्दुस्तान टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC