site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भिक्षुहरूले लागुऔषध प्रयोग गरेको पाइएपछि गुम्बा नै खाली गरियो
Sarbottam CementSarbottam Cement

बैंकक । लागुऔषध परीक्षणमा असफल हुने भिक्षुहरूलाई निकालिन थालिएपछि थाइल्यान्डको एउटा सानो बौद्ध गुम्बा खाली भएको छ । उत्तरी फेत्चावुन प्रान्तको एउटा सानो गुम्बाका प्रमुख भिक्षुिसहत चारजना भिक्षुमा मिथाएम्फेटामाइन पोजिटिभ देखिएपछि उनीहरूलाई पनि निकालिएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । 

स्थानीय अधिकारी बुनलेर्ट थिन्ताप्थाईले भिक्षुहरूलाई एउटा स्वास्थ्य क्लिनिकले लागुऔषध पुनर्स्थापना केन्द्रमा पठाएको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकभरि लागु औषध ओसारपसार समस्या समाधानका लागि चलाइएको अभियानमा भिक्षुहरू कारबाहीमा परेका हुन् । सोमबार प्रहरीले गरेको पिसाब परीक्षणमा ती चारैजना असफल भएपछि उनीहरूलाई गुम्बाबाट निकालिएको हो । 

तर, सरकारी अधिकारीहरूले गुम्बामा प्रहरीले के कारणले छापा हान्यो भन्नेबारे केही बताएका छैनन् । थिन्ताप्थाइले अहिले गुम्बा भिक्षुविहीन भएकाले नजिकका गाउँलेहरूले आफूहरूले पुजा पाठ र अन्य पुण्य काम गर्न नसके भन्दै चिन्ता व्यक्त गरेको बताएका छन् । 

Global Ime bank

बौद्ध धर्मको मान्यता अनुसार मानिसहरू भिक्षुहरूलाई खान र अन्य चिज दान गरेर पुण्य कमाउने गर्छन् । बुंग साम फान जिल्लाको सो गुम्बामा नयाँ भिक्षुहरू नियुक्तिका लागि पहल सुरु भइसकेको छ । 

पछिल्ला केही वर्षयता थाइल्यान्डमा मिथाएम्फेटामाइन ठुलो समस्याको रूपमा देखिएको छ । सन् २०२१ मा इतिहासमै पहिलोपटक सबैभन्दा ठूलो परिमाणमा यो लागुऔषध बरामद भएको लागु षध र अपराध सम्बन्धी संयुक्त राष्ट्र संघीय कार्यालयले जनाएको छ । 

गत महिना साथमा मिथाएम्फेटामाइन राखेकै कारण प्रहरीबाट जागिर गुमाएका एक व्यक्तिले एउटा नर्सरी विद्यालयमा गोली हानी ३७ जना मानिसको ज्यान लिएपछि थाई प्रधानमन्त्री प्रायुथ चान–ओचाले लागु औषध नियन्त्रणमा थप जोड दिन निर्देशन दिएका थिए । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC