site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निर्वाचनपछि संगीतको माहोल फैलाउन तयार नेपथ्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय र प्रादेशिक आमनिर्वाचन पछि अब मुलुकभर संगीतको माहोल विस्तार हुने भएको छ । यसै साताबाट सुरु हुने महिना दिन लामो राष्ट्रब्यापी साँगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको छ । उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरुको टोली तयार अवस्थामा छन् ।  

नेपथ्य ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्– अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फसेको बेला नेपथ्य ब्याण्ड सरिक भइ ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाइएको थियो । त्यस अभियानले भयावह स्थितीमा पनि समाजलाई जोड्न मद्दत गर्छ भन्ने अनुभव उनलाई दिएको थियो ।

‘‘अघिल्ला दिनहरु हामीले जताततै पार्टीका झण्डाहरु देख्यौं,’’ अमृत थप्छन्, ‘‘यो साताबाट सुरु हुने नेपालभरिको यात्रामा सम्पूर्ण दर्शकहरु रातो र चन्द्रसूर्यको झण्डा बोक्दै नाचेको हेर्न म आतुर छु ।’’

Global Ime bank

देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसैसाता काठमाडौंबाट बाहिरिने भएको छ । ब्याण्डको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरमा हुनेछ । त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटी मण्डपका दर्शकहरु सामु प्रस्तुत हुँदै यो अभियानको बिट मार्नेछ ।

यसपटक नेपथ्यले देश दौडाहाका क्रममा साँगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन । अब मानवताको प्रवद्र्धनका लागि आफूलाई मञ्चहरुमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायहरुका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउने  नेपथ्यले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

आफ्ना गीतहरुलाई ‘मानवता प्रवद्र्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC