site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निटफेस्टमा आइतबार अमेरिकाको एकल र रुसको पपेट नाटक मञ्चन, आज के–के हुँदै छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन आइतबार अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ ।

क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटी बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० कोबीचमा मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

Global Ime bank

चौथो दिन आज के–के हुँदै छ ? 

माहेत्सवमा आज दुई नेपाली प्रस्तुति मञ्चन, कार्यशाला तथा प्यानल डिसकसनको कार्यक्रम रहेको छ । केही महिनाअघि मञ्चन भएका बहुचर्चित नेपाली नाटक ‘खुवालुङ’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका रहेको छ । त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ ।

दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ । चौथो दिनको अन्तिम कार्यक्रम साँझ ७ः३० बजे ‘काठमाडौंबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC