site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाजुरामा मतगणना अनिश्चित, निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत
Sarbottam CementSarbottam Cement

बाजुरा । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना बाजुरामा अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।

निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेशमा भएका, जागिरको सिलसिलामा जिल्लाबाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानबिन समिति टोली बाजुरामा आइपुगेको छ ।

Global Ime bank

आयोगको टोली बाजुरामा 
मंसिर ४ गते भएको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगका सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव संकलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानबिनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताए । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव संकलन गरेर आज काठमाडौं फर्कने निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए ।

निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले आयोगमा दुई दलले निष्पक्ष निर्वाचन नभएको भन्दै उजुरी दिएकाले मतगणना हुने वा पुनः निर्वाचन हुने भन्ने यकिन भइनसकेको बताए । उनले आयोगबाट छानबिन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका आधारमा आयोगले जे निर्णय गर्छ, सोहीअनुसार अघि बढ्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC