site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय एक्लो सांसद
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन् ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उमेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनी मात्र निर्वाचित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् । रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उमेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मात्रिका यादव जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्कीसँग पराजित भएका छन् । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले)का नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए ।

वि.सं. २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा. बाबुराम भट्टराई आबद्ध नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडा लिएर चुनावमा होमिएका थिए ।

Global Ime bank

को हुन् राय ?
राय नेपाली राजनीतिमा परिचित नाम हो । वि.सं. २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गरेका राय सो पार्टीको केन्द्रीय कमिटी सदस्य समेत बने । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेर सर्लाहीबाट निर्वाचित भए ।

तर, २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य समेत भए । पछि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए । उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC