site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समानुपातिकमा एमालेले ल्यायो २३ लाख बढी मत, एकीकृत समाजवादीभन्दा जनमत पार्टी अगाडि
Ghorahi CementGhorahi Cement

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

आइतबार बिहान पौने १० बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २३ लाख चार हजार ४४९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख सात हजार ५२७ मत पाएको छ ।

Agni Group

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले नौ लाख २३ हजार ९६५ मत ल्याएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २३ हजार ९६५ मत प्राप्त गरेको छ ।

Global Ime bank

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चार लाख ८७ हजार ९८ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) दुई लाख ८७ हजार ७५९ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी दुई लाख २१ हजार ८४७ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख २१ हजार २८१ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी एक लाख ९८ हजार ४१८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख १९ हजार ६७७ मतसहित १०औँ स्थानमा छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ६९ हजार ९८४, हाम्रो नेपाली पार्टीले ४७ हजार ८६६, राष्ट्रिय जनमोर्चाले ४३ हजार १२४, मंगोल नेसनल अर्गनाइजेसनले ४३ हजार ७७, नेपाल संघीय समाजवादी पार्टीले २८ हजार ६२२, नेकपा (मार्क्सवादी लेनिनवादी)ले २४ हजार २८२, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६३, जनता प्रगतिशील पार्टीले १५ हजार २०५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४ हजार ४१५, नेपाली कांग्रे (बीपी)ले १० हजार ५८२ र अरू केही साना पार्टीले त्योभन्दा पनि कम मत पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC