site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड मुभ– सरकारको नेतृत्व कि पार्टीलाई राष्ट्रपति ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बेलुका डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेट्न पुगे ।

प्रचण्डले चौधरीसँग एक्लै वार्ता गरे । शुक्रबार गोरखा पुगेर बेलुका फर्किए । शनिबार बिहानै आफ्नै नेताहरुसँग आन्तरिक छलफल गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । 

बालुवाटारमा दुई नेताबीचको छलफलपछि सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको टुंगो सँगै लगाउने विषयमा छलफल भएको दाहाल निकट एक नेताले जानकारी दिए ।

Agni Group

“वास्तवमा प्रचण्ड चुनावलगत्तै सरकारको नेतृत् वगर्ने तयारीमा हुनुहुन्थ्यो, गठबन्धन पनि त्यहीअनुसार बनाइएको थियो तर चुनावमा सोचेजस्तो परिणाम आएन,” ती नेताले भने, “सरकारको नेतृत्वको तयारीमा रहेका अध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन गरेर बधाई दिएपछि एकखालको तरंग सिर्जना भएको हो तर बाहिर तरंग सिर्जना भएजस्तो केही तयारी छैन ।”

प्रचण्ड गठबन्धन जोगाउने, नपुगेको संख्या साना दललाई सरकारमा सहभागी गराएर पनि पुर्‍याउने, सरकारमा सम्मानजनक सिट लिने र शान्ति प्रक्रिया कुनै पनि हालतमा टुंगोमा पुर्‍याउने कसरतमा छन् ।

Global Ime bank

उनमा पार्टीको आकार घट्दै जानु, शान्ति प्रक्रियाको काम पूरा नहुँदा पछि समस्या पर्न सक्ने भय छ ।

सके सरकारको नेतृत्व, नभए राष्ट्रपति, सभामुखलगायतका पद लिएर सरकारमा सहभागी हुने शान्ति प्रक्रिया पूरा भएपछि यो पाँचवर्षमा कुनै पनि बेला सरकारको नेतृत्व गर्ने मुडमा प्रचण्ड पुगेका छन् ।

“अहिले वाम गठबन्धनको कुनै सम्भावना देखिँदैन किनकि केपी ओली, प्रचण्ड र माधव नेपालबीचमा एकता हुने सम्भावना अहिले देखिँदैन,” एक नेताले बाह्रखरीसँग भने, “केपी ओलीले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्टाटस अरु कसैका लागि नभएर माधव नेपालका लागि हो । बरु केही महिनापछि प्रचण्ड र माधव नेपालको पार्टी पहिला एक हुन सक्छन् त्यसपछि मात्रै बलियो अवस्थामा प्रचण्डले बार्गेनिङ गर्न सक्छन् ।”

माओवादीले अहिले उपराष्ट्रपति रहेका नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने, सरकारमा बलियो उपस्थिति जनाउने, सके उपसभामुख पनि लिनेगरी रणनीति बनाएको कांग्रेसका एक नेताको टिप्पणी छ ।

तर माओवादीका नेता नारायणकाजी श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै अहिले सरकारको नेतृत्वका विषयमा कुनै छलफल पनि नभएको बताए ।

“हामी आन्तरिक या गठबन्धन कहीँ पनि सरकारको नेतृत्व या भागबण्डाको छलफलमा प्रवेश गरेका छैनौँ,” बाह्रखरीसँग कुरा गर्दै श्रेष्ठले भने,“पहिले मत परिणाम आउन दिऊँ अनि कुरा गरौँला नि ।”

प्रचण्ड निकट एक नेताका अनुसार जेलमा पुगेर चौधरीलाई भेट्नुको अर्थ गठबन्धनलाई बलियो बनाउनकै लागि हो । 

केही नपुगेको सिटमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरुलाई पनि सहभागी गराउन सकिने तयारीस्वरुप नै भेटघाट भएको हो ।

नागरिक उन्मुक्ति पार्टीसँग चार सांसद रहेका छन् । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकै नेताहरुले चुनाव जितेका छन् भने बर्दियाको एक क्षेत्रमा पनि सो पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर जित हासिल गरेका छन् ।

अहिलेसम्मको मत परिणामको अवस्था हेर्दा सत्ता गठबन्धन बहुमतको नजिक छ ।

कांग्रेसले अहिलेसम्म प्रत्यक्षमा ५३ सिटमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले गणना बाँकी रहेका र समानुपातिक गरी ९० बढी सिट प्राप्त गर्ने अनुमान गरेको छ भने माओवादी केन्द्रले पनि प्रत्यक्ष र समानुपातिक गरी ३५ सिटको अनुमान गरेको छ । 

एकीकृत समाजवादीसँग रहेको १० सिट र समानुपातिकतर्फ पनि ३ प्रतिशत पुर्‍याउन सके थप चारजना सांसद उसको पनि थप हुने आकलन छ ।

लोसपाका चार र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् । करिब १४० जना यही गठबन्धनका सांसद हुन सक्ने आकलन गत्ता पक्षले गरेको छ ।

नपुग्ने अवस्थामा नागरिक उन्मुक्ति पार्टीलाई पनि सँगै लैजाने तयारी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC