site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित
Sarbottam CementSarbottam Cement

मान्म । पछिल्लो ३१ वर्षमा मुलुकमा सातवटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जित हासिल गरेको थियो । 

विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन । रोचक त के छ भने ०४८ सालमा कांग्रेस उमेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर विष्ट ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उमेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए । 

यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे ।

Global Ime bank

“प्रदेशसभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ,” कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुसी बनाएको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC