site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाको जित, म्याराडोनाको रेकर्डसँग बराबर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान लियोनल मेसी चम्किँदा अर्जेन्टिनाले फिफा विश्वकपअन्तर्गत समूह 'सी' को खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अन्तिम–१६ को सम्भावनालाई कायम राखेको छ । मेक्सिकोविरुद्ध प्रेरणादायी प्रदर्शन गरेका मेसीले खेलमा एक गोल र एउटा असिस्ट गरे । 

कतारको लुसैल रंगशालामा शनिबार मेसीले ६३ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मेसीले बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । यो गोलसँगै मेसीले विश्वकपमा म्याराडोनाले गरेको गोलसँग बराबरी गरेका छन् । मेसीले विश्वकपमा म्याराडोनाले गरेको ८ गोलसँग बराबरी गरेका हुन् ।

Messi1669505527.jpg

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी इन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाले २–० को जित पक्का गर्‍यो । रोड्रीगो डी पाउलको सट कर्नर पासमा मेसीले बक्सभित्र रहेका इन्जोलाई बल मिलाउँदा इन्जोले सानदार गोल गरे ।

इन्जो ५७ औँ मिनेटमा गुइडो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Global Ime bank

जितसँगै दुई खेलबाट तीन अंक जोडेको अर्जेन्टिना समूह 'सी' को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ । 

Messi 11669505566.jpg

अर्जेन्टिना यसअघि पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित हुँदा मेक्सिको पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC