site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमबाप्पे चम्किँदा फ्रान्स एक खेल अगावै प्रि-क्वार्टरफाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । किलियन एमबाप्पे चम्किएपछि डेनमार्कलाई २-१ ले पराजित गर्दै साबिक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम-१६ मा पुग्ने पहिलो टिम बनेको छ । 

समूह 'डी' अन्तर्गतको खेलमा डेनमार्कमाथि रोमाञ्चक जित निकाल्दा फ्रान्सका लागि दुवै गोल एमबाप्पेले गरे ।

Agni Group

कतारको रंगशाला ९७४ मा सम्पन्न खेलको ६१औँ मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए । यद्यपि ६८औँ मिनेटमा आन्ड्रेस क्रिस्टिन्सनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काएका थिए ।

तर, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा एमबाप्पेले गरेको गोल नै निर्णायक बनेपछि फ्रान्सले समूह चरणको अन्तिम खेल अगावै प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गर्‍याे । 

Global Ime bank

फ्रान्स २००६ पछि अन्तिम-१६ मा प्रवेश गर्ने पहिलो साबिक विजेता बन्यो । यसअघि २००६ को विजेता इटाली २०१० को समूह चरणबाट, २०१० को विजेता स्पेन २०१४ को समूह चरणबाट, २०१४ को विजेता जर्मनी २०१८ को समूह चरणबाट बाहिरिएको थियो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको फ्रान्स समूह 'डी' को शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक जोडेको डेनमार्क तालिकाको तेस्रो स्थानमा छ ।

विश्वकपमा दुवै टिमको यो समूह चरणको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गर्दा डेनमार्क भने ट्युनिसियासँग गोलरहित बराबरीमा रोकिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ००:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC