site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल गर्दा पोल्यान्डले साउदीलाई हरायो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीले फिफा विश्वकपमा पहिलो गोल गर्दा शनिबार समूह ‘सी’ को खेलमा पोल्यान्डले साउदी अरेबियालाई २–० ले हराएको छ ।  

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको ३९ औं मिनेटमा पिओटर जिलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीको असिस्टमा जिलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन् । 

पहिलो हाफको इन्जुरी टाइममा साउदीले पेनाल्टीको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा बराबरीको सुनौलो अवसर गुमायो । 

Prabhu Bank
Agni Group
NIC Asia

पोल्यान्डका क्रिस्टियन बिएलिकले पेनाल्टी क्षेत्रभित्र सलेह अल सेहरीमाथि फाउल गरेपछि साउदीले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी पाएको थियो । तर, पेनाल्टी प्रहारका लागि अघि आएका सलिम अल ड्वसरी गोल गर्न सकेनन् । 

पहिलो हाफमा एक गोल गरेको पोल्यान्डले दोस्रो हाफमा पनि एक गोल थप्यो । 

Global Ime bank

खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहदा लेवान्डोस्कीले गोल गरेपछि पोल्यान्डले २–० को जित निश्चित गर्यो । विश्वकपमा लेवान्डोस्कीको यो पहिलो गोल हो । 

जितसँगै दुई खेलबाट चार अंक जोडेको पोल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको साउदी तालिकाको दोस्रो स्थानमा झरेको छ । समूहबाट शीर्ष दुई टिम अन्तिम–१६ मा प्रवेश गर्नेछन् ।

यसअघि पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै अंक बाड्दा साउदीले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC