site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दर्जन महिलामाथि यौन शोषणको अभियोगमा चिनियाँ–क्यानडाली पप स्टारलाई १३ वर्ष कैद
Sarbottam CementSarbottam Cement

बेइजिङ । यौन अपराधमा दोषी ठहरिएका चिनियाँ–क्यानेडाली पप स्टार क्रिस बुलाई १३ वर्ष लामो काराबास सजाय सुनाइएको छ । चीनको राजधानी बेइजिङस्थित एक अदालतले ३२ वर्षीय गायक तथा अभिनेता बुलाई तीनजना महिलालाई बलात्कार गरेको र भिड जम्मा गरेर नाङ्गो नाच देखाएको अभियोगमा दोषी करार गरेको हो । 

गत वर्ष एक १७ वर्षीया छात्राले भेट्न बोलाएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई गिरफ्तार गरिएको थियो । त्यसपछि थप २४ जना महिलाले उनीविरुद्ध मुख खोलेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अदालतले उनलाई क्यानडासमक्ष सुपुर्दगी गरिने पनि जनाएको छ । तर, चीनको प्रचलित कानुन अनुसार प्राय: सजाय भुक्तान गरिसकेपछि मात्र कुनै पनि अभियुक्तलाई सम्बन्धित मुलुकमा सुपुर्दगी गरिने चलन छ ।

बेइजिङको छाओयाङ जिल्ला अदालतले शुक्रबार सन् २०२० मा आफ्नो घरमा मदिराले मातिएर प्रतिवाद नै गर्न नसक्ने अवस्थामा पुगेका तीन महिलालाई बलात्कार गरेको अभियोगमा बुलाई ११ वर्ष र ६ महिना लामो कैद हुने निर्णय सुनाएको हो । 

Global Ime bank

साथै उनलाई यौन दुराचार गर्दा भिड जम्मा पारेको अर्को अभियोगमा एक वर्ष र १० महिना लामो कैद सुनाइएको छ । त्यसैगरी गायक बुलाई कर छलेबापत ६ करोड ९० लाख पाउन्ड जरिबाना पनि तोकिएको छ ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले उनले आफ्नो विश्वव्यापी आयको बारेमा झुठा घोषणा गर्न काल्पनिक व्यवसायहरूलाई प्रयोग गर्ने गरेको जनाएको छ । बुले आफूमाथि लगाइएका अभियोग अस्वीकार गरेका छन् । उनीमाथि मदिरायुक्त काराओके पार्टीमा महिलाहरूलाई आमन्त्रण गरेर यौन शोषण गर्ने गरेको आरोप लागेको छ । 

चीनमा जन्मेका बुसङ क्यानडाली नागरिकता रहेको छ । २०१० को दशकमा के–पप ब्वायब्यान्ड ईएक्सओको सदस्यको रूपमा उनी लोकप्रियताको शिखरमा पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC