site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मस्कले ट्विटरका प्रतिबन्धित प्रयोगकर्तालाई आममाफी दिने
Ghorahi CementGhorahi Cement

न्युयोर्क । ट्विटरका नयाँ मालिक तथा विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले आगामी सातादेखि ट्विटरका केही निलम्बित एकाउन्ट (प्रयोकर्ता)लाई औपचारिक रूपमा 'आम माफी' दिने बताएका छन् ।

बुधबार मस्कले ट्विटर प्रयोगकर्ताहरूलाई 'कानुन उल्लंघन नगरेका वा गम्भीर स्पाममा संलग्न प्रयोगकर्ताहरूलाई सामाजिक सञ्चाल प्लेटफर्ममा फर्कन दिनुपर्छ कि ?' भन्ने प्रश्नसहित गराएको सर्वेक्षणपछि उनले उक्त घोषणा गरेका हुन् । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित थुप्रै प्रयोगकर्ताका एकाउन्ट मस्कले यसअघि नै पुन: सुचारु गरिसकेका छन् ।

Agni Group

मस्कले गत महिना मात्र ४४ अर्ब अमेरिकी डलर तिरेर ट्विटर किनेका हुन् । मस्कको सर्वेक्षणमा ३१ लाख भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूले भाग लिएका छन् ।

उनीहरूमध्ये ७२ दशमलब ४ प्रतिशतले प्रश्नमा सहमति जनाएका थिए । 

Global Ime bank

एघार करोड ८७ लाख फलोअर रहेका मस्कले पछि ल्याटिन वाक्यांश 'जनताको आवाज नै भगवानको आवाज हो,' प्रयोग गर्दै ट्विट गरेका थिए । 

तर, मस्कले क्षमादानको प्रक्रिया कसरी कार्यान्वयन गरिने हो भन्नेबारे विस्तृत विवरण खुलाएका छैनन् ।

शनिबार यस्तै एक सर्वेक्षण पछि मस्कले ट्रम्पको एकाउन्ट सुचारु गरेका थिए ।

तर पहिले नै 'यसका लागि आफूले कुनै कारण नै नदेखेको' प्रतिक्रिया दिइसकेका ट्रम्प यस प्लेटफर्ममा फर्कने सम्भावना न्यून छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC