site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मेयर बालेन भन्छन्– कला, संस्कृतिको संरक्षणबाटै देशको पहिचान स्थापित हुन्छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बालेनले थिएटर फेस्टिभल र फिल्म फेस्टिबलहरू महानगरपालिकाको बजेटमै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए । 

उनले कला, संस्कृतिलाई महत्व दिनेकुरा महानगरको जिम्मेवारी भएको बताए । उनले खेलकुद र कलासम्बन्ध छुट्टाछुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए । 

“थिएटर फेस्टिभल र फिल्म फेस्टिभलहरू बजेटमा आइसकेको छैन । तर, उहाँहरूसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली रोतो कितावमा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ कि भन्ने आशा छ,” उनले भने, “महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दै छौँ । हाम्रो छुट्टै विभागहरू हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदोरहेछ । कलालगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC