site stats
खेल
ऐतिहासिक जितको खोजीमा वेल्स, इंग्ल्यान्डको नजर अन्तिम–१६ मा

काठमाडौं । कतार विश्वकपमा वेल्स शुक्रबार एक ऐतिहासिक जितको खोजीमा हुनेछ । जबकि, इंग्ल्यान्डले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्न तीन अंक खोज्दै छ ।

वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ को बराबरी रोकिएको थियो । इंग्ल्यान्डले इरानलाई ६–२ ले हराएको थियो ।

अघिल्लो चरणमा स्थान बनाउने सम्भावना कायम राख्नका लागि समूह ‘बी’मा रहेको वेल्सका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स पहिलो जित निकाल्दै इतिहास रच्न चाहन्छ । यसअघि, सन् १९५८ मा पहिलोपटक विश्वकप खेलेको वेल्सले समूहका तीन खेलमा बराबरी गर्दै नकआउट चरणमा स्थान बनाएको थियो । नकआउट चरणमा वेल्स ब्राजिलसँग १–० ले पराजित भएको थियो ।

NMB Bank
Dabur nepal
Agani Group

पहिलो खेलमा इरानमाथि सानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड आज अमेरिकालाई हराउँदै नकआउट चरणमा स्थान पक्का गर्न चाहन्छ । अमेरिका पनि इंग्ल्यान्डलाई हराउँदै अन्तिम–१६ को सम्भावना कायम राख्न चाहन्छ ।

USA vs Eng1669350667.jpeg

Global bank

वेल्सको स्कुलमा पठनपाठन बन्द
वेल्सले शुक्रबार इरानको सामना गर्दा त्यहाँका एक हजारभन्दा बढी विद्यालयहरू बन्द हुने अनुमान गरिएको छ । स्कुलका विद्यार्थी ‘सिमरु फुटबल फ्राइडे’मा भाग लिने अपेक्षा गरिएको छ ।

वेल्सले इरानसँग प्रतिस्पर्धा गरिरहँदा विद्यार्थीको ध्यान कक्षामा भन्दा कप्तान गारेथ बेल, आरोन राम्से, क्रिस गुन्टर, किफर मुरेमाथि हुनेछ । वेल्सलाई थाहा छ कि कतार विश्वकपमा नकआउट चरणमा पुग्नका लागि आजको जित महत्त्वपूर्ण हुनेछ ।

वेल्सका कप्तान बेलले देशबाट सबैभन्दा धेरै १०९ खेल खेलिसकेका छन् । “मेरो व्यक्तिगत उपलब्धिभन्दा महत्त्वपूर्ण हाम्रो जित हो । मलाई विश्वास छ, हामी जित हासिल गर्न सफल हुनेछौँ,’’ बेलले भने “र, कतार यात्रालाई अझ विशेष बनाउनेछौँ । तर, इरानविरुद्धको खेल कठिन हुनेछ । इरान धेरै राम्रो टोली हो । उनीहरू पहिलो खेलको हारलाई आज बिर्साउनका लागि खेल्नेछन् । यद्यपि, उनीहरूलाई हराउन सक्नेमा विश्वास गर्छौँ ।’’

एक खेलअघि इंग्ल्यान्डले अन्तिम–१६ मा स्थान पक्का गर्ला ?
इरानमाथि ६–२ को नतिजा निकालेपछि इंग्ल्यान्डको मनोबल उच्च छ । इरानविरुद्ध घाइते भएका कप्तान ह्यारी केन पनि फिट भएका छन् । त्यसबाट टिमको मनोबल अझ बढेको छ ।

कुर्कुच्चामा लागेको चोटका कारण केनले आजको खेल गुमाउने खतरा थियो । तर, अमेरिका इंग्ल्यान्डका लागि सहज प्रतिद्वन्द्वी भने होइन । अमेरिकालाई पनि अघिल्लो चरणमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । त्यस कारण पनि इंग्ल्यान्डलाई सहज हुने छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय