site stats
खेल
समूह चरणको दोस्रो चरण आजबाट

काठमाडौं । फिफा विश्वकपमा आजबाट समूह चरणको दोस्रा चरणका खेलहरू सुरु हुँदै छन् । गएराति समूह ‘जी’अन्तर्गत भएको ब्राजिल र सर्वियाबीचको खेलसँगै विश्वकपको समूह चरणअन्तर्गतको पहिलो चरणका खेलहरू सकिएको थियो ।

समूह चरणको दोस्रो चरणमा आज समूह ‘ए’ र ‘बी’ का दुई–दुई गरी चार खेलहरू हुँदै छन् । 

NMB Bank
Dabur nepal
Agani Group

आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे समूह ‘बी’ का वेल्स र इरान भिड्दै छन् । यो खेल कतारको अहमेद बिन अलि रंगशालामा हुनेछ । 

दिनको दोस्रो खेलमा साँझ ६:४५ बजे समूह ‘ए’ मा रहेका घरेलु टिम कतार र सेनेगलबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल अल थुमामा रंगशालामा हुनेछ । 

Global bank

यस्तै, अलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ९:४५ बजेदेखि सुरु हुने तेस्रो खेलमा समूह ‘ए’ कै इक्वेडरले नेदरल्यान्ड्ससामु चुनौती प्रस्तुत गर्दै छ । र, राति १२:४५ बजे हुने खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल बायत रंगशालामा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय