site stats
राजनीति
सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पाँचौपटक विजयी
फाइल तस्बिर ।

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट पाँचौँपटक विजयी भएका छन् । एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७  मत ल्याउँदा एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए ।

NMB Bank
Agani Group

खड्का सुर्खेत-१ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए ।

२०६४ मा उनी समनुपातिक सांसद बने ।

Global bank

२०७० मा भएको चुनाव जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् ।

उनी कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय