site stats
राजनीति
मतान्तर बढाउँदै भगवती, दोस्रोमा उक्लिए गच्छदार

सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरीले मतान्तर बढाएकी छन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा उनी चारहजार ९७ मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार चौधरीले ९ हजार ४६९ मत पाएकी छन् । गच्छदार दोस्रो स्थनामा छन् । उनले पाँचहजार ३७२ मत पाएका छन् ।

NMB Bank
Agani Group

यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा झरेका छन् । उनले चारहजार ७२० मत पाएका छन् ।

गच्छदारसँग भगवतीको यो तेस्रोपटकको चुनावी प्रतिस्पर्धा हो । यसअघि ०७० र ०७४ को निर्वाचनमा उनी गच्छदारसँग थोरै मतान्तरले पराजित भएकी थिइन् ।

Global bank

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय