site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वगुप्तचर प्रमुख पाकिस्तानको नयाँ सेना प्रमुख बन्ने
Ghorahi CementGhorahi Cement

इस्लामावाद । पकिस्तान सरकारले नयाँ सेना प्रमुखको नाम सार्वजनिक गरेको छ ।

मुलुककै सबैभन्दा शक्तिशाली पदका लागि पूर्वगुप्तचर प्रमुख जनरल आसिम मुनिरको नाम बाहिर आएपछि सो पदमा को पुग्लान् भन्ने महिनाैँ लामो अनुमानको अन्त्य भएको छ । 

वर्तमान सेना प्रमुख जनरल कामार जावेद बाज्वाले यही २९ नाभेम्बरमा अवकाश प्राप्त गर्दै छन् । सेनाको वरिष्ठ जनरल मुनिर बाज्वा निकटका मानिन्छ । पाकिस्तानको राजनीति र विदेश नीतिमा सेनाको ठूलो प्रभाव रहँदै आएको छ ।

Agni Group

गत अप्रिलमा विपक्षी राजनीतिक समूहद्वारा अपदस्थ गरिएका पूर्वप्रधानमन्त्री इमरान खानको सेना प्रमुखको नियुक्तिलाई लिएर नयाँ सरकार र सेनासँग विमति रहेको छ ।

पाकिस्तानले अहिले आर्थिक समस्या पनि झेलिरहेको छ । अहिले यहाँ सामान निर्यात घटिरहेको छ भने खाद्यान्नको भाउले आकाश छोइरहेको छ ।

Global Ime bank

आफ्नो पदभार सम्हालेपछि लेफ्टिनेन्ट जनरल मुनिरले एकातिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी मुलुक भारतसँगको र अर्कातिर अफगानिस्तानस्थित नयाँ तालिवान सरकारसँगको भावी सम्बन्धलाई निर्देशन दिनेछन् ।

पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफका विशेष सल्लाहकार फाहद हुसेनले हेर्दा सेना प्रमुख राजनीतिक पद जस्तो नदेखिए पनि यसको राजनीतिक भूमिका रहेको बताएका छन् । 

७५ वर्षअघि पाकिस्तानको जन्म भएयता तीनपटक सेनाले सत्ता कब्जा गरी झण्डै चार दशकसम्म प्रत्यक्ष शासन चलाइसकेको छ ।

पूर्वलेफ्टिनेन्ट जनरल तलत मसुदले भनेका छन्, “हाम्रो प्रजातन्त्र कमजोर छ । सेनाले सधैँ प्रजातन्त्रको शोषण गर्ने प्रयास गरेको छ ।” बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC