site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्विट्जरल्यान्डको जितमा इम्बोलोको निर्णायक गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्रिल इम्बोलोको निर्णायक गोलमा स्विट्जरल्यान्डले बिहीबार समूह ‘जी’ को आफ्नो पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गर्दै कतारमा जारी फिफा विश्वकपमा सुखद् सुरुआत गरेको छ ।

कतारको अल जुनौब रंगशालामा स्विट्जरल्यान्डलाई जितसहित महत्वपूर्ण तीन अंक दिलाउन इम्बोलोले ४८ औं मिनेटमा निर्णायक गोल गरे । जेड्रान साक्विरीले गरेको क्रसमा १८ यार्ड बक्सभित्र रहेका इम्बोलोले उत्कृष्ट ‘फस्र्ट टच फिनिसिङ’ दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गोल गरे पनि क्यामरुन आफ्नो जन्मभूमि भएकाले इम्बोलोले गोलको खुसियाली भने मनाएनन् । क्यामरुनमा जन्मिए पनि इम्बोलोले सन् २०१५ देखि स्विट्जरल्यान्डको राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

यो समूहमा स्विट्जरल्यान्ड र क्यामरुनसँगै ब्राजिल र सर्विया छन् । समूहबाट शीर्ष दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

Global Ime bank

विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा साँझ ६ः४५ बजे समूह ‘एच’का दक्षिण कोरिया र उरुग्वे भिड्दै छन् । यस्तै, तेस्रो खेलमा राति ९ः४५ बजे समूह ‘एच’ कै पोर्चुगल र घाना खेल्दा राति १२ः४५ बजे समूह ‘जी’ का ब्राजिल र सर्विया खेल्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC