site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिललाई सर्वियाको चुनौती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले आज (बिहीबार) समूह ‘जी’ मा सर्वियाविरुद्ध खेल्दै कतार विश्वकपमा आफ्नो यात्रा सुरु गर्नेछ ।

यो विश्वकपको प्रमुख दाबेदार मानिएको ब्राजिल पाँच पटक विश्वविजेता रहे पनि सन् २००२ यता फाइनल पुग्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१४ मा आफ्नै भूमीमा आयोजित विश्वकपको सेमिफाइनलमा पुगेको ब्राजिल त्यसबेला जर्मनीसँग ७–१ को लज्जास्पद नतिजामा पराजित भएको थियो । पछिल्लो संस्करणको क्वार्टरफाइनलसम्म पुगेको ब्राजिल त्यहाँ पनि बेल्जियमसँग पराजित भएको थियो ।

ब्राजिल विश्वकपको पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपको समूह चरणका पछिल्लो १५ खेलमा हार बेहोरेको छैन । यस्तै, ब्राजिल सन् १९८२ यता समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

Global Ime bank

तुलनात्मक रुपमा सर्वियालाई भने समूह ‘जी’ को कमजोर टिमको रूपमा लिइएको छ । सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन । तर, विश्वकपको छनोटमा आठ खेलमा अपराजित रहँदै कतार आएको सर्विया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी नहुने पक्का छ ।

विश्वकपको पछिल्लो संस्करणमा पनि ब्राजिल र सर्विया एकै समूहमा थिए । जहाँ ब्राजिलले सर्वियालाई २–० ले पराजित गरेको थियो । फरवार्ड नेइमार यो खेलमा प्रभाव पार्न सक्ने ब्राजिलका खेलाडी हुन् । ब्राजिलको सर्वकालीन उच्च गोलकर्ता बन्ने दौडमा रहेका नेइमारले अब तीन गोल गरे पेलेको नाममा रहेको यो कीर्तिमान आफ्नो नाममा बनाउनेछन् । नेइमारले विश्वकपको पछिल्लो दुई संस्करणमा ६ गोल र दुई असिस्ट गरेका छन् ।

एलेक्जान्ड्रो मिट्रोभिच सर्वियाबाट खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । विश्वकपको छनोटमा सर्वियाले खेलेको आठ खेलमा उनले आठ गोल गरेका छन् । उनीअघि नेदरल्यान्ड्सका मेम्फिस डिपे र इंग्ल्यान्डका ह्यारी केनले मात्र छनोटमा धेरै गोल गरेका थिए । दुवैले समान १२ गोल गरेका थिए । फुलहमबाट व्यवसायिक फुटबल खेल्ने मिट्रोभिचले क्लबका १२ खेलमध्ये नौ गोल गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC