site stats
अर्थ व्यवसाय
नविल बैंक सम्मानित, वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर तिर्यो 

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन् ।

बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँ पटक हो । 

NMB Bank
Agani Group

नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पु¥याउन पाउँदा खुसी लागेको बताए ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । 
 

Global bank

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय