site stats
अर्थ व्यवसाय
मनकामना केवल कार २५ वर्षमा प्रवेश, एक करोड ७० लाख यात्रुलाई सेवा  

काठमाडौं । मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ ।

२०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।

NMB Bank
Agani Group

चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केवलकारले कूल आम्दानीको एक एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगर सोही क्षेत्रमा खर्च गर्दै आएको छ ।

त्यसैगरी केवलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि जनाएको छ ।

Global bank

यसै सन्दर्भ पारेर यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठाको रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ । यसको लागत ४८ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय