site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनले फिलिपिनी जहाजबाट अज्ञात वस्तु चोरेको आरोप
Ghorahi CementGhorahi Cement

मनिला । चीनको एउटा तट रक्षक जहाजलाई साउथ चाइना सीमा एउटा रकेटको भग्नावशेष हुन सक्ने विश्वास गरिएको छ । साथै पानीमा तैरिरहेको अज्ञात वस्तु फिलिपिनी जहाजबाट चीन जबर्जस्ती लिएको आरोप लगाइएको छ ।

फिलिपिनी नौसेनाका भाइस एडमिरल अल्बर्टो कार्लोसले सो वस्तु लिनका लागि चिनियाँ जहाजले दुईपटक आफ्नो बाटो रोकेको बताएका छन् । 

Agni Group

चिनियाँ अधिकारीहरूले आरोपबारे अझैसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले फिलिपिन्स भ्रमण गरिरहेकाबेला यो घटना घटेको हो । सो भग्नावशेष पहिलोपटक स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा फिलिपिन्सको नियन्त्रणमा रहेको पागासा टापु उर्फ थितु टापु नजिक देखिएको कार्लोसले जानकारी दिएका छन् । 

कार्लोसले भनेका छन्, “हाम्रा अधिकारीहरूले पानीमा तैरिरहेको 'अज्ञात धातुको वस्तु'तर्फ गएर त्यसलाई ल्याउनै लाग्दा बो नम्बर ५२०३ को चिनियाँ तट रक्षक जहाजले सोही स्थानमा आएर तिनीहरूको बाटो दुईपटक रोके । त्यसपछि चिनियाँ जहाजले फिलिपिनी रबरको डुंगाले डोरीले बाँधेर ल्याउँदै गरेको सो वस्तु डोरी चुँडालेर लिएर गयो । तर यस घटनामा कसैलाई कुनै चोटपटक भने लागेको छैन ।"

Global Ime bank

प्रवक्ता चेरिल टिन्डगले यो कुनै 'जीवन र मृत्यु'को विषय नभएकाले त्यस वस्तुलाई कब्जा गर्ने क्रममा नाविकहरूबीच कुनै झडप नभएको बतााएका छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC