site stats
अर्थ व्यवसाय
ईसेवालगायत भुक्तानी प्रणालीकाे रिचार्जमा समस्या, उद्घाटन खेल नि:शुल्क हेर्न सकिने

काठमाडौं । ईसेवालगायत भुक्तानी प्रणालीको रिचार्जमा समस्या देखिएको छ ।

विश्वकप फुटबल २०२२ नेपालमा शुल्क तिरेर मात्र हेर्न पाइनेछ । प्रयोगकर्ताहरूले ईसेवा तथा खल्तीलगायत भुक्तानी प्रणालीमा रिचार्जमा समस्या देखिएको बताएका छन् ।

NMB Bank
Dabur nepal
Agani Group

सामाजिक सञ्जालमा यस्तै खाले प्रतिक्रिया आएका छन् । बाह्रखरीले भुक्तानी सेवा प्रदायक कम्पनीमा आएको समस्याको
बारेमा बुझ्न प्रयास गरेपनि भुक्तानी सेवा प्रदायकबाट जवाफ भने आएको छैन ।

नेपालमा विश्वकप फुटबल देखाउने अधिकार मिडिया हबले पाएको छ ।

Global bank

हिमालयन टेलिभिजनमा खेल प्रत्यक्ष देखाइनेछ । उद्घाटन तथा सेमिफाइनल र फाइनल खेल उपभोक्ताले नि:शुल्क हेर्न पाउने दाबी फुटबलको अधिकार पाएको कम्पनीको छ ।

तर, कतिपय उपभोक्ताले हिमालयन टेलिभिजन च्यानल नै आफूले हेर्ने केवल तथा टेलिभिजन सेवा प्रदायकमा नदेखिएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय