site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘ह्यारी कि प्यारी’ले लियो रिलिज डेट 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र  ‘ह्यारी कि प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । चलचित्र आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । 

पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ । 

Agni Group

चलचित्रको अर्को पोस्टरमा जितुले साइकल चलाइरहेका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रमा  विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ । अभिनेत्री रेखा थापाको विशेष भूमिका छ । 

Global Ime bank

डाक्टर कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC