site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सले तोड्ला ‘अभागी’को ट्याग ? कस्ता छन् समूह ‘ए’का टिम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेदरल्यान्ड्सलाई विश्वकपमा ‘अभागी’ टिमको ट्याग लागेको छ । सधैँ राम्रो टिम भएर पनि नेदरल्यान्ड्सले कहिल्यै उपाधि जित्न सकेको छैन । यसपटक नेदरल्यान्ड्स आयोजक कतारसँगै समूह ‘ए’मा छ । 

तीनपटकको उपविजेता नेदरल्यान्ड्स रुसमा सम्पन्न गत संस्करणको विश्वकपमा भने छनोट हुन सकेको थिएन । 

लुइस भान हालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स यसपटक पनि ‘डर्क हर्स’का रुपमा रहनेछ । समूह ‘ए’मा नेदरल्यान्ड्सले आयोजक कतार, इक्वेडर र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेदरल्यान्ड्लाई समूह विजेता बन्दै नकआउट चरण पुग्ने टिमका रुपमा हेरिएको छ । आयोजक कतार दक्षिण अफ्रिकाजस्तै समूह चरणबाट बाहरिने टिम नबन्ने कसरतमा हुनेछ । 

दक्षिण अफ्रिका आफैँले आयोजना गर्दा समूह चरणबाटै बाहिरिएको थियो । कतार दक्षिण अफ्रिकाभन्दा फरक हुनेछ । 
इक्वेडरले पछिल्ला पाँचमध्ये चार संस्करणको विश्वकपमा स्थान बनाउन सफल भएको छ । तर, एकपटक मात्र समूह चरण पार गर्न सफल भएको छ ।

Global Ime bank

सडियो मानेको सेनेगल अफ्रिकामा हासिल गरेको सफलतालाई विश्वकपमा पनि दोहर्याउन चाहन्छ । सेनेगलले यसअघि जापान र दक्षिण कोरियामा सम्पन्न २००२ को विश्वकपमा पहिलोपटक खेलेको थियो । 

त्यतिबेला सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । २० वर्षपछि विश्वकप पुनः एसिया महाद्वीपमा फर्किएको छ । जुन सेनेगलका लागि सकरात्मक संकेत पनि हुनसक्छ । 

कतार विश्वकपमा समूह ‘ए’का टिमहरू कस्ता छन् : 

कतार

qatar1668679819.jpg
फिफा वरीयता : ५०
विश्वकपमा सहभागिता : २०२२
खेल 
मंसिर ४, आइतबार कतारविरुद्ध इक्वेडर
मंसिर ९, शुक्रबार  कतारविरुद्ध सेनेगल
मंसिर १३, मंगलबार नेदरल्यान्ड्सविरुद्ध कतार    

कतारले फिफा विश्वकपमा पहिलोपटक खेल्न लागेको हो ।  कतारको सिनियर टिमलाई ‘अल अन्नाबी’को नामले पनि चिनिन्छ । 

कतार आयोजक राष्ट्रका रुपमा विश्वकपमा स्वतः छनोट भएको हो ।  १९३४ मा इटालीपछि कहिल्यै विश्वकप नखेलेको टिमले आयोजनाको जिम्मेवारी पाएको छैन । 

र, कतार दक्षिण अफ्रिकाजस्तै समूह चरणबाट बाहरिने टिम नबन्ने कसरतमा हुनेछ ।  दक्षिण अफ्रिका आफैँले आयोजना गर्दा समूह चरणबाटै बाहिरिएको थियो । 

कतार समूह ‘ए’मा छ । र, यस समूहमा कतारले सेनेगल, इक्वेडर र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  कतार स्पेनका फेलिक्स सान्चेजको प्रशिक्षणमा छ । सान्चेजले २०१७ बाट कतारको प्रशिक्षण सम्हालेका हुन् । 

सान्चेजको प्रशिक्षणमा कतारको यु–१९ टोलीले २०१४ मा एएफसी यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने २०१९ मा सिनियर टोलीले एएफसी एसियन कपको उपाधि जितेको थियो ।

गोलकिपर ३२ वर्षे साद अल शीबलाई कतार फुटबल इतिहासकै उत्कृष्ट गोलकिपरका रुपमा चित्रण गरिएको छ । 

२०१९ को एसियन कपमा उनले एक गोलमात्र खाएका थिए ।  र, प्रतियोगितामा उत्कृष्ट गोलकिपर चुनिएका थिए । 

अल–साद क्लबका गोलकिपर शीब विश्वकपमा पनि कतारका प्रमुख खेलाडी हुनेछन् ।  २५ वर्षे फरवार्ड अक्रम अफिफ कतारको अर्का प्रमुख खेलाडी हुन् । 

अफिफ दुबै विंग्समा उत्तिकै प्रभावशाली छन् ।  उनले बेल्जियम र स्पेनबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । २५ वर्षे फरवार्ड अलमोइज अली पनि कतारको अर्का एक प्रभावशाली खेलाडी हुन् । 

इक्वेडर 

ecuador1668679818.jpg
फिफा वरीयता– ४४
विश्वकपमा सहभागिता– ४ पटक (२००२, २००६, २०१४, २०२२०)
खेल– 
मंसिर ४, आइतबार  कतारविरुद्ध इक्वेडर
मंसिर ९, शुक्रबार  नेदरल्यान्ड्सविरुद्ध इक्वेडर
मंसिर १३, मंगलबार इक्वेडरविरुद्ध सेनेगल
    
इक्वेडरले पछिल्ला पाँचमध्ये चार संस्करणको विश्वकपमा स्थान बनाउन सफल भएको छ । तर, एकपटक मात्र समूह चरण पार गर्न सफल भएको छ । 

२००६ मा इक्वेडरले पहिलोपटक अन्तिम–१६ मा स्थान बनाएको थियो ।  इक्वेडरले विश्वकपमा गरेको सबैभन्दा उच्च प्रदर्शन त्यही हो । 

त्यतिबेला इक्वेडर अन्तिम–१६ मा इङ्ल्यान्डसँग पराजित भएको थियो ।  इक्वेडर यसपटक समूह ‘ए’मा छ । यस समूहमा इक्वेडरले यसपटक आयोजक कतार, सेनेगल, र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

इक्वेडरले यसपटक सबैलाई चकित बनाउँदै दक्षिण अमेरिकाबाट छनोट भएको थियो ।  इक्वेडरले छनोट प्रतियोगितामा पेरु, कोलोम्बिया, चिली, पाराग्वे, बोलिभिया र भेनेजुएलालाई पछि पारेको थियो । 

इक्वेडर अहिले गुस्ताभो अल्फारोको प्रशिक्षणमा छ ।  अर्जेन्टिनाका अल्फारोले २०२० देखी इक्वेडरको प्रशिक्षण सम्हाल्दै आएका हुन् । 

बोका जुनियर्समा सफल कार्यकाल विताएर इक्वेडर आएपछि अल्फारोले टिम नै पूर्नसंरचना गरेका थिए । 

२०१८ को विश्वकपमा छनोट हुन नसकेपछि इक्वेडरले ६० वर्षे अल्फारोलाई जिम्मेवरी दिएको हो ।  २१ वर्षे फरवार्ड गोन्जालो प्लाटा इक्वेडरको प्रमुख खेलाडी हुन् । 

त्यस्तै ३२ वर्षे फरवार्ड इनर भ्यालेन्सिया अर्को हेर्नलायक खेलाडी हुन् ।  उनले २०१० पनि खेल विश्वकप खेलेका थिए । 

उनले त्यतिबेला स्विट्जरल्यान्ड र होन्डुरसविरुद्ध गोल गरेका थिए ।  २० वर्षे रक्षक पिइरो हिनकापी पनि इक्वेडरको अर्का एक प्रमुख खेलाडी हुन् । 

उनी जर्मन बुन्डेसलिगाको बायर लेभरकुसेनबाट खेल्दै आएका छन् । 

सेनेगल

senegal1668679819.jpg

फिफा वरीयता : १८
विश्वकपमा सहभागिता : ३ पटक (२००२, २०१८, २०२२)
खेल :
मंसिर ५, आइतबार  सेनेगलविरुद्ध नेदरल्यान्ड्स
मंसिर ९, शुक्रबार  कतारविरुद्ध सेनेगल
मंसिर १३, मंगलबार  इक्वेडरविरुद्ध सेनेगल

कतार विश्वकप सेनेगलको तेस्रो विश्वकप हो ।  सेनेगलले यसअिघ जापान र दक्षिण कोरियामा सम्पन्न २००२ को विश्वकपमा पहिलोपटक खेलेको थियो । 

त्यतिबेला सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।  तर, रुस विश्वकपमा भने सेनेगल समूह चरणबाटै बाहिरिएको थियो । 

विश्वकपको इतिहासमै पहिलोपटक सेनेगल फेयर प्ले नियमको आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो ।  र, उक्त समूहबाट जापानले नकआउट चरणमा स्थान बनाएको थियो ।

२० वर्षपछि विश्वकप पुनः एसिया महाद्वीपमा फर्किएको छ ।  जुन सेनेगलका लागि सकरात्मक संकेत पनि हुनसक्छ । 

सेनेगलको टिम अहिले सन्तुलित र बलियो पनि छ ।  २०१८ यता सेनेगलका कुनै न कुनै खेलाडीले क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको फाइनल खेल्दै आएका छन् ।

फरवार्ड सडियो मानेले लिभरपलबाट २०१८, २०१९ र २०२२ मा च्याम्पियन्स लिग फाइनल खेलेका थिए ।  २०१९ मा मानेले च्याम्पियन्स लिगको उपाधि नै जितेका थिए । 

त्यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)का इद्रिसा गाना गुइए र अब्डोउ डियालोले २०२०मा तथा चेल्सीका गोलकिपर इडुवार्डो मेन्डीले २०२१ मा च्याम्यिन्स लिगको फाइनल खेलेका थिए । मेन्डीले पनि उपाधि जितेका थिए । 

सेनेगललाई २०१५ देखि एलोउ सिसेले प्रशिक्षण गर्दै आएका छन् ।  र, उनी देशका लागि अर्को एक महत्वपूर्ण सफलता हासिल गर्ने लक्ष्यमा छन् । 

सेनेगलले २००२ मा विश्वकप खेल्दा सिसे टिमको कप्तान थिए ।  उनकै प्रशिक्षणमा सेनेगलले २०१८ को विश्वकप खेलेको थियो । 

र, गत फेब्रुअरीमा मात्र सेनेगलले सिसेकै प्रशिक्षणमा २०२१ को अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । 

उनले ४–३–३ को शैलीमा खेलाउँछन् र आवश्यक परेको अवस्थामा सिसेले टिमलाई ४–२–३–१ को शैलीमा ढाल्छन् । 

सेनेगल यसपटक समूह ‘ए’मा छ । समूह ‘ए’मा सेनेगलले आयोजक कतार, इक्वेडर र नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । 

पक्कै पनि बायर्न म्युनिखका फरवार्ड माने सेनेगलको प्रमुख खेलाडी हुन् ।  ३० वर्षे माने विश्वमै सबैभन्दा छिटो गतिमा दौडने फरवार्डमध्येका एक हुन् । 

तर, मानेले चोटका कारण विश्वकप गुमाउने समाचार आएका छन् ।  विश्वकपअघि सेनेगलका लागि यो ठुलो झड्का हो । 

चेल्सीका ३० वर्षे गोलकिपर मेन्डी पनि सेनेगलका अर्को प्रमु्ख खेलाडी हुन् ।  चेल्सीकै रक्षक कालीडोउ कौलीबाले पनि सेनेगलका अर्को एक महत्वपूर्ण खेलाडी हुन् । 

नेदरल्यान्ड्स 

nederlands 1668679818.jpg
फिफा वरीयता : ८
विश्वकपमा सहभागिता : ११ पटक (१९३४, १९३८, १९७४, १९७८, १९९०, १९९४, १९९८, २००६, २०१०, २०१४, २०२२)
खेल : 
मंसिर ५, आइतबार सेनेगलविरुद्ध नेदरल्यान्ड्स
मंसिर ९, शुक्रबार  कतारविरुद्ध सेनेगल
मंसिर १३, मंगलबार इक्वेडरविरुद्ध सेनेगल

तीन पटकको उपविजेता नेदरल्यान्ड्स रुसमा सम्पन्न गत संस्करणको विश्वकपमा भने छनोट हुन सकेको थिएन । 

तर, यसपटक पुनः भने लुइस भान हालको प्रशिक्षणमा नेदरल्यान्ड्सले दमदार पुनरागमन गरेको छ ।  भान हाल तिनै प्रशिक्षक हुन्, जसको प्रशिक्षणमा नेदरल्यान्ड्सले ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । 

भान हालको टिमका धेरै खेलाडीसँग यसअघि विश्वकपको अनुभव छैन ।  भर्जिल भान डाइकको नेतृत्वमा रक्षापंक्ति र फ्रांक डी जोङको नेतृत्वमा नेदरल्यान्ड्सको मिडफिल्ड बलियो छ । 

भान डाइक, डी जोङ, कोडी गाक्पो, नाथन एके नेदरल्यान्ड्को प्रमुख खेलाडी हुन् ।  कतार विश्वकपमा उच्च लयमा रहेको टिममध्ये एक हो, नेदरल्यान्ड्स । 

नेदरल्यान्ड्स तीनपटक छनोट प्रतियोगिताको दशमध्ये एक खेलमा मात्र पराजित भएको थियो ।  युईएफए नेसन्स लिगमा पनि ६ खेलसम्म अपराजित रहदै नेदरल्यान्ड्स कतारको यात्रा निस्किएको छ । 

नेसन्स लिगमा नेदरल्यान्ड्सले बेल्जियम, वेल्स र पोल्यान्डलाई पनि हराएको थियो ।  २७ जुन २०२१ मा चेक गणतन्त्रसँग पराजित भएपछि नेदरल्यान्ड्सले हारेको छैन । 

भान हालसँग ३० वर्षको प्रशिक्षण अनुभव छ । भान हाललले पनि ४–३–३ कै शैलीमा खेलाउछन् ।  तर, पछिल्लो समय उनले रक्षापंक्तिमा तीन खेलाडीमात्र खेलाउँछन् । 

जुन २०१४ मा प्रभावशाली बनेको थियो । जुन शैली हो, ३–४–१–२ ।  ७१ वर्षे भान हालले अगष्ट २०२१ मा पुनः नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेका हुन् । 

नेदरल्यान्ड्सले छनोट भएको बेला सबै विश्वकपमा अन्तिम–१६ मा स्थान बनाएको छ ।  १९७४, १९७८, २०१० मा उपविजेता बनेको नेदरल्यान्ड्स २०१४ मा तेस्रो र १९८८ मा चौथो स्थानमा रहन सफल भएको थियो । 

यसपटक पनि समूह ‘ए’मा नेदरल्यान्ड्सलाई बलियो टोली मानिएको छ ।  समूह ‘ए’मा नेदरल्यान्ड्ले आयोजक कतार, सेनेगल र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC