site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महफिलमा सुनिए गजलकार
तस्बिर : सनतकुमार वस्तीको फेसबुकबाट ।
Ghorahi CementGhorahi Cement

ललितपुर । महफिल–ए–काव्य उपासनाको नयाँ शृंखला गजलवाचन गर्दै सम्पन्न भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ९२ वर्षीय गजलकार डा. कृष्णजङ्ग राणाले आफ्ना दुई गजल गुनगुनाउँदै कार्यक्रमको थालनी गरे ।

जीवनसँग जोडिएको प्रेमपूर्ण गजल तरन्नुम (लय)मा गुनगुनाउँदै डा. राणाले जिन्दगी सुखदुःख जे भए पनि हरियाली भएको भाव व्यक्त गरे । उनले एउटा हिन्दी गजल पनि वाचन गरे ।

महफिलको संयोजन गर्दै प्रा. डा. सनतकुमार वस्तीले गजल गुनगुनाए– 
बाग यस्तो कुनै जिन्दगी भइदियोस्
फूल झर्दा पनि मगमगी भइदियोस् ।

Agni Group

महफिलमा पहिलोपटक उपस्थित थिए, गजलकार भोजराज घिमिरे । पछिल्लो समयमा गीत र गजल लेखनमा सक्रिय घिमिरेले एउटा शेरबाट वाचनको सुरुआत गरे–
छ बुझ्न गाह्रो अपार कस्तो
न वार जस्तो न पार जस्तो !

घिमिरेले अनुमति लिँदै अर्को गजल पनि सुनाए ।

Global Ime bank

कवि डा. श्वेता दीप्तिले प्रेमपूर्ण अभिव्यक्तिमिश्रित हिन्दी गजल सुनाइन् । उर्दूका शायर मोविन खानले एउटा गजलवाचन गरे भने एउटा लयमा सुनाए ।

गोपाल अश्क हतारिँदै थिए, बाहिरिन । अरूतिरको कार्यक्रममा पुग्नुपर्ने भएकाले उनले एउटा गजल सुनाउँदै कार्यक्रमबाट बिदा लिए । त्यसअघि, मनोजराज सुवेदीका केही छोटा कविता प्रस्तुत भए ।

यस्तै, गजलकारहरू शान्ति शर्मा, डा. प्रदीपकुमार मैनाली, भुवन तेजश्वी, निशा केसी, ढकाल राधेश्यामले आफ्ना गजल रचना सुनाए ।

गजलवाचनका क्रममा धीरेन्द्र प्रेमर्षिले गुनगुनाए–
पानीले पानीमा नाम लेख्छ, पागल छ 
प्रेम गर्छ तर इन्तकाम लेख्छ, पागल छ ।

पानी नै वाचन गरे करुण थापाले–
पानी हो मन कुनै रङ छैन र त गाह्रो भयो
मनको लगाम आफैँसँग छैन र त गाह्रो भयो ।

रमेश रसिक पौडेलले यो गजलमा वाहवाही लुटे–
सधैँ मुस्कुरायो भनी डाह गर्छन्
अघाएर खायो भनी डाह गर्छन् ।

प्रकाश साय्मिले महफिलको सुरुआती समयमा चेतन कार्कीको सक्रियताको प्रसंग उठाए ।

करिब सात महिनापछि सम्पन्न महफिलमा गजलकारहरू इम्तियाज वफा, पिपला ढुङ्गानाले पनि गजल सुनाए । भाषाविज्ञ शरदचन्द्र वस्ती, सच्चिदानन्द मिश्र र डा. सुवोध शुक्लले महफिलको प्रशंसा गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC