site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले क्यानडाको चुनावमा हस्तक्षेप गरेको प्रधानमन्त्री ट्रुडोको आरोप 
Sarbottam CementSarbottam Cement

मोन्ट्रियल । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनलाई आफ्नो मुलुकका चुनावहरूमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएका छन् । बेइजिङले प्रजातन्त्रसँग 'आक्रमक खेलहरू' खेलिरहेको र क्यानडाको संघ संस्थामाथि तारो बनाइरहेको पनि उनले बताएका छन् ।

स्थानीय सञ्चार माध्यमले क्यानडाली गुप्तचर निकायले पछिल्ला चुनावहरूमा बेइजिङ समर्थित उमेदवारहरूको 'गुप्त सञ्जाल' पहिचान गरेको तथ्य सार्वजनिक गरेकैबेला प्रधानमन्त्रीले चीनलाई यसरी आरोप लगाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१९ को संघीय निर्वाचनमा कम्तीमा एघारजना उमेदवारलाई चीनले सहयोग र समर्थन गरेको सरकारी अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका हुन् । 

तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले क्यानडाको आन्तरिक मामिलामा चीनलाई कुनै चासो नरहेको बताएका छन् । नाम नखुलाइएका गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय ग्लोबल न्युजले बेइजिङले उमेदवारहरूलाई आर्थिक सहयोग गरेको र चिनियाँहरूले थुप्रै उमेदवारका चुनाव प्रचारप्रसार सल्लाहकारका रूपमा काम गरेको जनाएको छ ।

Global Ime bank

एक घटना अनुसार ओन्टारियोस्थित एकजना प्रान्तीय विधायकको कार्यालयमार्फत दुई लाख ५० हजार क्यानडाली डलर निर्देशित व्यक्तिलाई उपलब्ध गराइएको थियो । 

यस्तो कार्य टोरोन्टो स्थित चिनियाँ कूटनीतिक नियोगबाट निर्देशित हुने गरेको बताइएको छ । राजनीतिक वृत्तमा प्रभाव जमाउने उद्देश्यले केही पूर्व क्यानडाली अधिकारीहरूलाई आर्थिक प्रलोभन दिने प्रयासहरू पनि गरिएको बताएको छ । 

चीनबाट यस्तो हस्तक्षेप गर्ने कार्य दुवै प्रमुख पार्टी अर्थात् ट्रुडोको लिबर पार्टी र विपक्षी कन्जरभेटिभ पार्टीमाथि लक्षित भएको विश्वास गरिएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC