site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हाम्रो पात्रो १३औं वर्षमा प्रवेशलगत्तै “हाम्रो पे” रिलिजको तयारीमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्षपछि एक करोडभन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन ।  आफ्नो व्यक्तिगत प्रयोगको लागि बनाएको एप आज हरेक नेपालीहरुको हात हातमा हुन्छ होला भन्ने आभाष त पक्कै पनि हाम्रो पात्रोका फाउण्डर शंकर उप्रेतीलाइ पनि आभास नै थिएन होला।  

१२ वर्षपछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१० मा iOS मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा Android मा रिलिज भएको थियो । 

एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ। 

Global Ime bank

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१२ औं वार्षिकोत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्दै भनेका छन्, ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ ।’

सन् २०१९ मा हाम्रो पात्रो मार्फत बाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालिएको थियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC