site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाटभटेनी सुपरमार्केटको नाममा ‘बधाई’ सहितको स्क्याम लिंक त आएको छैन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । भाटभटेनी सुपरमार्केटको नामबाट स्क्याम लिंक फैलिएको पाइएको छ ।

फेसबुक म्यासेन्जरमा तथा ग्रुपमा नयाँ शाखा खुलेको भन्दै लिंक फैलाइएको छ । भाटभटेनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइट देखाएर माथि बधाई लेखिएको पाइएको छ । उक्त लिंकमा प्रवेश गरेपछि प्रश्नको उत्तर दिन सकेमा पाँचहजार रुपैयाँ जित्न सकिने उल्लेख छ ।

Agni Group

त्यसमा भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशकसहितको तस्बिर राखिएको छ । वेबसाइटको तल प्रशस्तै प्रतिक्रिया राखिएको छ तर धेरैजसो नक्कली खाताजस्तो देखिन्छ ।

उक्त प्रश्नको जवाफ दिने क्रममा ह्याकर प्रयोगकर्ताको डिभाइसम्म पुग्न सक्छन् ।

Global Ime bank

प्रश्न सजिला भएकाले जो कोहीले पनि उत्तर दिन तयार हुने र उनीहरु सीधै डिभाइसमा प्रवेश गर्न सक्ने जोखिम बढी हुने देखिन्छ । 

यता भाटभटेनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त विज्ञापनमा कुनै पनि भूमिका नरहेको र कुनै पनि प्रश्नको उत्तर नदिन अनुरोध गरेको छ ।

कुनै पनि ग्रुप तथा म्यासेन्जरमा आएका त्यस्ता लिंकलाई बेवास्ता गरिदिन अनुरोध गर्दै आफ्ना साथी र परिवारमा पनि सेयर नगर्न भनेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC