site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
पानी ट्याङ्करदेखि मिनि ट्रकसम्मको सुविधा जाउँ गुरुमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ राइड सेयरिङ एप  ‘जाउँ गुरु’ सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’ को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौँ स्थित होटल र्‍याडिसनमा एक कार्यक्रमकाबीच  ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।

यस कम्पनीको लगानीकर्तामा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मोटरसाईकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेवापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाईकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका साथै बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ । यससँगै अब हाललाई काठमाडौंमा बसोबास गर्नेहरुलाई कोठा सर्नका लागि मिनी ट्रक, बाईकको डेलिभरी, खानेपानीको आपूर्ती र लामो दुरीका लागि जीप भाडामा लिन सकिनेछ । नेपालमै पहिलो पूर्ण सवारी सुविधा भएको एपले यात्रुहरुको यात्रालाई सहज त बनाउँछ नै यसमा आवद्व ‘राईडर’ हरुलाई आफ्नो सवारीबाट आय आर्जन गर्ने अवसर समेत दिनेछ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC