काठमाडौं । एनसेल नेपालले चाडपर्व लक्षित ‘होम एन्ड अवे डेटा प्याक’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत करसहित मात्र ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउने एनसेलले जनाएको छ ।
उक्त अफर एनसेलले असोज १३ गतेदेखि सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक किन्न सकिने कम्पनीले जनाएको छ । नसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ ।
प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर जहाँ पनि चलाउन सक्छन् ।
यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रही यो प्याक सुचारु गर्दछ, त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । यो प्याक २८ दिनको लागि मान्य रहन्छ ।