site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दसैँमा २० लाख मानिसले उपत्यका छाड्ने अनुमान, यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो ४८ घण्टामा सडकमार्ग भएर एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यो तथ्यांक बढेर आउँदो विजयादशमीसम्म २० लाख पुग्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ६० हजार ८४१ जना उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार (हिजो) ६२ हजार ४३२ जना बाहिरिए ।

Agni Group

बाहिरिनेभन्दा उपत्यका भित्रनेको संख्या निकै कम छ । चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

चाडपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि उपत्यकामा १७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको एसएसपी भट्टले जानकारी दिए ।

Global Ime bank

नयाँ बसपार्क, गौशाला, बल्खु, चाबहिल, फर्पिङ, सातदोबाटोलगायत विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ ।

टिकटमा हुने ठगी, विशेष चेकिङ, यान्त्रिक परीक्षण, सवारीसाधनको बिमा भए/नभएको, लामो दूरीका सवारीमा दुई चालक भए/नभएको ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

तोकिएको भन्दा बढी भाडा लिनेमाथि कारबाही अभियान थालिएको भन्दै उनले ठगीमा परेका व्यक्तिले ट्राफिक र अरू प्रहरी कार्यालयमा गुनासो गर्न सक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC